Suvadin, Home

सरकारले जनता कति खुसी छन् भनेर सर्वेक्षण गर्दै 

काठमाडौं । सरकारले नेपाली जनताको खुसी मापन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ मा तथ्यांक विभागले एक वर्ष लगाएर जनता कति खुसी छन् भनेर सर्वेक्षण गर्न लागेको हो ।

‍‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई आधार बनाएर विभागले सर्वेक्षण गर्न लागेको हो । छिमेकी मुलुक भुटानले वैज्ञानिक मापदण्ड तय गरी जनताको खुसी मापन गर्दै आएको छ ।

यसका जीवनस्तर, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक जीवन, सकारात्मक मनोभावना, सुशासन, सांस्कृतिक प्रवर्द्धनलगायत मापदण्ड बनाएको छ ।

राष्ट्रसंघीय दिगो विकास समाधान संयन्त्रले केही समयअघि ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट’ सार्वजनिक गरेको थियो । रिपोर्टअनुसार फिनल्यान्ड पहिलो र नेपाल १०० औं नम्बरमा परेको थियो ।


 

More form the Internet

loading...