Suvadin, Home
Citizen Bank 447.4k

Cover Image

पेरिसमा विष्फोट हुँदा कम्तिमा ४ को मृत्यु

पेरिसका आन्तरिक मामिला मन्त्रीका अनुसार दुई अग्निनियन्त्रकसहित ४ जनाको मृत्यु भएको छ। घटनामा १२ जना गम्भीर घाइते भएका उद्धारमा सहभागी अधिकारीहरूले जनाएका छन्। 'घटनामा तीन अग्नि नियन्त्रकसहित १२ जना गम्भीर घाइते भएका छन् भने २४ जनालाई सामान्य चोट लागेको छ,' अग्नी नियन्त्रण कार्यालय पेरिसका कमान्डर इरिक मौउलिनले समाचार सङ्कलनका लागि घटनास्थल पुगेका सञ्चारकर्मीलाई बताए।
तस्विर: एएफपी

एजेन्सी, २८ पुस – पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावटका कारण शनिबार शक्तिशाली विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन्।

पेरिसका आन्तरिक मामिला मन्त्रीका अनुसार दुई अग्निनियन्त्रकसहित ४ जनाको मृत्यु भएको छ। घटनामा १२ जना गम्भीर घाइते भएका उद्धारमा सहभागी अधिकारीहरूले जनाएका छन्।

'घटनामा तीन अग्नि नियन्त्रकसहित १२ जना गम्भीर घाइते भएका छन् भने २४ जनालाई सामान्य चोट लागेको छ,' अग्नी नियन्त्रण कार्यालय पेरिसका कमान्डर इरिक मौउलिनले समाचार सङ्कलनका लागि घटनास्थल पुगेका सञ्चारकर्मीलाई बताए।

विष्फोटपछि भीषण आगलागी भएको थियो। आगो नियन्त्रणमा लिनका लागि २०० भन्दा बढी अग्निनियन्त्रक घटनास्थलमा रहेको र उनीहरूले आगोलाई नियन्त्रण लिने प्रयास गरिरेहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।

लगातार केही दिनदेखि हुँदै आएको विरोध प्रदर्शनका बीचमा उक्त घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको र यसबारे थप विवरण पछि दिइने प्रहरीले जनाएको छ।
 


 

More form the Internet

loading...