Suvadin, Home

राजधानीमा एकाबिहानै गोली चल्यो, एक जना घाइते

राजधानी काठमाडौंको म्हेपीमा एकाबिहानै गोली चलेको छ। बिहान स्कुटीमा हिँडिरहेका २८ वर्षीय गुरुङलाई कारमा आएको समूहले गोली हानेको थियो।
फाइल फाेटाे।

काठमाडौं कात्तिक ५–राजधानी काठमाडौंको म्हेपीमा एकाबिहानै गोली चलेको छ।

आइतबार बिहान करिव पौने चार बजे रानीबारी बस्ने कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। बिहान स्कुटीमा हिँडिरहेका २८ वर्षीय गुरुङलाई कारमा आएको समूहले गोली हानेको थियो।

गोली गुरुङको घुँडा मुनि लागेकाले उनी खतरामुक्त रहेको  काडमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले जानकारी दिए। उनका अनुसार गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।  

प्रहरी स्रोतका अनुसार शनिबार राति लैनचौरस्थित एक डिस्कोमा नाच्न भेला भएका समूहवीच झगडा भएको थियो । सोही झगडाका कारण गोली चलेको प्रहरीको प्रारम्भिक अनुमान छ । 


 

More form the Internet

loading...