Suvadin, Home

Cover Image

अमेरिकाको फिलाडेल्फियामा फेरि गोली चल्यो, ६ जना घाइते

डेल्फिया । अमेरिकाको फिलाडेल्फियामा एक व्यक्तिले गोली चलाउँदा ६ जना प्रहरी अधिकृत घाइते भएका छन् । ६ मध्ये एकजना गाडी गोली हानाहानको क्रममा गाडी दुर्घटनामा घाइते भएका हुन् ।

गोली हान्ने व्यक्तिलाई प्रहरीले गिरफतार गरेको छ भने घाइते अधिकृतहरुलाई पनि सामान्य उपचारपछि अस्पतालबाट फिर्ता गरिएको छ । 

दुई अधिकृत र अन्य सर्बसाधारण नागरिकलाई घण्टौंको प्रयासपछि भवनबाट उद्धार गरिएको थियो । गोली हान्ने व्यक्तिलाई पक्राउ गरिएको जनाइएको छ । तर उनको परिचय भने खुलाइएको छैन ।

यसअघि पनि अमेरिकामा टेक्सास र ओहियो भएका दुई बन्दुक आक्रममा २९ जनाको मृत्यु भएको थियो भने ४२ जना घाइते भएका थिए ।  - (सीएनएन)


 

More form the Internet

loading...