Suvadin, Home

गुर्जुधारामा दर्दनाक सडक दुर्घटना
दुर्इ जनाकाे मृत्यु, घाइतेहरूकाे उपचार हुँदै

मिनी ट्रकका चालक झापा बिर्तामाेडका डम्बर पोखरेल र बा१ज ७९६७ नम्बरको ट्याक्सीका चालक काभ्रेका कान्छा लामाको मृत्यु भएको काठमाडाैं प्रहरीले जनाएकाे छ। लामाको बयोधा अस्पतालमा र पोखरेलको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हाे।
काठमाडौंको गुर्जुधारास्थित दुर्घटनास्थल ।

काठमाडौं, चैत ४ - काठमाडौंको गुर्जुधारामा दर्दनाक सडक दुर्घटना भएकाे छ। शुक्रबार दिउँसो ब्रेक फेल भएकाे ट्रकले जथाभावी ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।

मिनी ट्रकका चालक झापा बिर्तामाेडका डम्बर पोखरेल र बा१ज ७९६७ नम्बरको ट्याक्सीका चालक काभ्रेका कान्छा लामाको मृत्यु भएको काठमाडाैं प्रहरीले जनाएकाे छ। लामाको बयोधा अस्पतालमा र पोखरेलको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हाे।

घटनामा ट्याक्सीमा काठमाडौं बालुवाटारका एरिक आले, अञ्जु आले, कास्की पाेखराकी कृष्णा थापा र उनका छोरा त्रिविन थापा घाइते भएका छन्। उनीहरु सबैको जयबागेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

मिनी ट्रकका मालिक किशोर अधिकारी घाइते भएका छन्। उनको ओम समाज अस्पतालमा उपचार भइरहेको छ। ट्रककाे ठक्करबाट स्कुटर चालक काठमाडौं चन्द्रागिरीका बालकृष्ण ढकाल घाइते भएका छन्। ढकालको गम्भीर अवस्थामा बयोधा अस्पतालमा उपचार भइरहेको छ।


 

More form the Internet

loading...