Suvadin, Home

Cover Image

गुठी विधेयक फिर्ता गर्न संसदमा कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्कृति र परम्परा मास्ने गरी आएको गुठी विधेयक फिर्ता लिन माग गरेको छ । 

प्रतिनिधिसभाको बुधवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेसका प्रकाशमान सिंहले गुठीयारसँग परामर्श नगरी ल्याएको विधेयक फिर्ता गर्न माग गरेका हुन् । 

‘सरकारले ल्याएको गुठी विधेयकको कन्टेन्ट हेर्दा हजारौं वर्षदेखि स्थापना भएको निजी गुठीलाई सार्वजनक गुठी बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने नियत देखियो,’ सांसद सिंहले भने ।

संविधानको प्रावधान र गुठीको प्राण उडाउने गरी खराब नियतबाट ल्याइएको विधेयक तुरुन्त फिर्ता लिन माग गरे । ‘यो विधेयक कसको लागि आएको हो, ल्याउनुपर्ने कारण के हो ? सरोकारवालासँग परामर्श गरेर ल्याउनु पर्नेमा पुस्तौ पुस्तादेखि सञ्चालन गर्दै आएको गुठीलाई प्राधिकरणको नाम दिएर नियन्त्रण गर्न खोजिएको छ,’ नेता सिंहले भने । 


 

More form the Internet

loading...