Suvadin, Home

अम्बा एक, फाइदा अनेक !
धुनिबेसीको अम्बा

अम्बामा भिटामिन सी, भिटामिन ए, क्याल्सियम र आइरन भरपूर मात्रामा पाइन्छ। जाडोमा छाला फुस्रो हुने समस्या र मुखमा आउने खटिरालाई पनि अम्बाले निको पार्छ। यसका अरू पनि फाइदा छन्।
अम्बा।

काठमाडाैं, असार २९–अम्बा (बेलौती) पतझड वर्गको वनस्पति हो। अम्बा नेपालमा पहाड, भित्री मधेस र तराईमा लगाइएका पाइन्छन। यसको रूख १५ देखि २० फिटसम्म अग्लो हुने यो, करिब १५०० मिटरको उचाइसम्म यसको खेती सफलतापूर्वक गरिएको पाइन्छ।

अम्बाका लागि धादिङको धुनिबेसी प्रख्यात मानिन्छ। अम्बालाई उष्ण र उपोष्ण हावापानी चाहिन्छ। फल्दाफूल्दा सुख्खा वातावरण अम्बालाई २३ डिग्री सेलसियसको तापक्रम र १००० देखि २००० मिलिलिटरको वार्षिक वर्षा आवश्यक पर्छ।

प्रकृतिको देन फलफुलहरुको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्व हुन्छ। यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ। जानकारहरुका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्ण छ। यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ।

अम्बा एक, फाइदा अनेक !
अम्बामा भिटामिन सी, भिटामिन ए, क्याल्सियम र आइरन भरपूर मात्रामा पाइन्छ। जाडोमा छाला फुस्रो हुने समस्या र मुखमा आउने खटिरालाई पनि अम्बाले निको पार्छ। यसका अरू पनि फाइदा छन्।

१. रुघाखोकी जाडोमा रुघाखोकी लाग्नु सामान्य कुरा हो तर दिनदिनै अम्बा खाँदा रुघाखोकीबाट बच्न सकिन्छ।

२. सास गनाउने अम्बाका पातहरू चपाउँदा मुखबाट दुर्गन्ध आउन पाउँदैन। दाँतको दुखाई कम गर्नका लागि पनि यसले मद्दत गर्छ।

३. मुखको खटिरा अम्बाका पातको सेवन गर्दा मुखमा खटिरा आउन पाउँदैनन्।

४. मुटु अम्बामा भएको पोटेसियम र म्याग्नेसियम हुन्छ। यसले मुटु र मांसपेशीलाई ठीक हुन्छ।

५. मधुमेह अम्बामा फाइबर भरपूर मात्रामा पाइन्छ। त्यसैले अम्बाको सेवन मधुमेहका बिरामीहरूले गर्नुपर्छ।
 


 

More form the Internet

loading...