Suvadin, Home
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित भएका छन्। काँग्रेसका तर्फबाट उम्मेदवार बनेका गौतम ६०४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर थापाले ४०१ मतमै चित्त बुझाए।
ज्ञानेन्द्र गौतम

बागलुङ, जेठ ४–नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित भएका छन्। 

काँग्रेसका तर्फबाट उम्मेदवार बनेका गौतम ६०४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर थापाले ४०१ मतमै चित्त बुझाए।

गौतमको दुई दशकदेखिको पत्रकारिता यात्रा स्थानीय तहको निर्वाचनसँगै राजनीतितर्फ मोडिएको छ। गौतम सदरमुकामस्थित सामुदायिक रेडियो बागलुङको स्टेसन म्यानेजर र ई–बागलुङ अनलाइन पत्रिकाको सम्पादकसमेत थिए। उनले यसअघि अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकलगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन्। रासस
 


 

More form the Internet

loading...