Suvadin, Home
Citizen Bank 447.4k

Cover Image

रुपन्देहीमा प्रहरीको गोली प्रहारबाट एकको मृत्यु 

रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो। गोली लागेर एक जना प्रहरी घाइते भएका छन्।

रुपन्देही,२९ पुस-रुपन्देहीको भैरहवामा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागि मारिनेमा तस्कर समूहको एक सदस्य रहेको दाबी गरिएको छ। 

रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो। गोली लागेर एक जना प्रहरी घाइते भएका छन्।

त्यसपछि जवाफी कारबाहीमा एक जना तस्करको मृत्यु भएको प्रहरीको दावी छ। प्रहरीको गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। 


 

More form the Internet

loading...