Suvadin, Home

हनुमन्ते सरसफाइ अभियानको एक वर्ष पूरा

प्रदेश ३ का प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख तथा सफाइ अभियानकी उपसंयोजक जुना बस्नेतलगायतको उपस्थिति रहेको थियो।

भक्तपुर,२३ फागुन- हनुमन्ते नदी सरसफाइका लागि सुरु गरिएको हनुमन्ते सरसफाइ अभियान एक वर्ष पूरा भएको छ। अभियन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा केक काटेर वार्षिकोत्सव मनाइएको छ।

प्रदेश ३ का प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख तथा सफाइ अभियानकी उपसंयोजक जुना बस्नेतलगायतको उपस्थिति रहेको थियो।

 वार्षिकोत्सवमा कौशलटारदेखि गठ्ठाघरसम्मको अरनिको राजमार्ग सफाइ गरिएको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए। प्रतिनिधिसभा सदस्य एवम् पूर्वउद्योग मन्त्री महेश बस्नेतको पहलमा सुरु भएको हनुमन्ते सफाइ अभियानले ५३औं सातासम्म आइपुग्दा करिब दुई हजार टन फोहोर संकलन गरिएको छ।

५३औं सातासम्म हनुमन्ते सफाइ अभियान नदी र अरनिको राजमार्ग सफाइमा नभएर संस्कृतिक सम्पदा र सडकमा फोहोर गर्नु हुँदैन भन्ने अभियान पनि चलाएको छ।


 

More form the Internet

loading...