Suvadin, Home

Cover Image

मञ्चकाे अध्यक्षमा नेपाली कांग्रेसका उप्रेती निर्वाचित

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको अध्यक्षमा हरिप्रसाद उप्रेती निर्वाचित भएका छन्। नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका उप्रेतीले वामगठबन्धनका उम्मेद्वार मेघनाथ खड्कालाई ३३ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उप्रेतीले ८ सय ४५ मत प्राप्त गरेका थिए। खड्काले ८ सय १२ मत पाएका थिए। कांग्रेस र बाम गठबन्धनबीच प्रतिस्पर्धा भएको निर्वाचनमा काङ्ग्रेसले अध्यक्ष, दुई खुल्ला सदस्य र दुई महिला जितेको छ।
नवनिर्वाचन अध्यक्ष हरिप्रसाद उप्रेती।

झापा, ८ माघ – मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको अध्यक्षमा हरिप्रसाद उप्रेती निर्वाचित भएका छन्। नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका उप्रेतीले वामगठबन्धनका उम्मेद्वार मेघनाथ खड्कालाई ३३ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

उप्रेतीले ८ सय ४५ मत प्राप्त गरेका थिए। खड्काले ८ सय १२ मत पाएका थिए। कांग्रेस र बाम गठबन्धनबीच प्रतिस्पर्धा भएको निर्वाचनमा काङ्ग्रेसले अध्यक्ष, दुई खुल्ला सदस्य र दुई महिला जितेको छ।

मत परिणामअनुसार मञ्चको उपाध्यक्षमा वामगठबन्धनका किरण प्रधानले कांग्रेसका रमेश थापालाई २० मतले पछि पार्दै निर्वाचित भए। प्रधानले ७ सय ९८ मत पाएका थिए भने थापाले ७ सय ७८ मत प्राप्त गरेका थिए।

महासचिवमा वाम गठबन्धन शान्तप्रसाद न्यौपानेले कांग्रेसका सागर कार्कीलाई ७ मतको झिनो अन्तरले पछि पार्दै निर्वाचित भए। न्यौपानेले ७ सय ८१ मत पाएका थिए भने कार्कीले ७ सय ७४ मत पाए।

सचिवमा काङ्ग्रेसका केवल निरौलालाई १ सय ५३ मतको फराकिलो अन्तरले पछि पार्दै गठबन्धनका टिकाराम सापकोटा (रामु) निर्वाचित भए। निरौलाले ६ सय ८५ पाएका थिए भने सापकोटाले ८३८ मत प्राप्त गरे।

कोषाध्यक्षमा गठबन्धनकी निता थापा निर्वाचित भइन्। उनले काङ्ग्रेसकी ऐश्वर्य सुवेदीलाई १ सय ५३ को फराकिलो मत अन्तरले पछि पारिन्।

सदस्यहरुमा काङ्ग्रेसका जीवन मगर (८०५) र अनिष काफ्ले (७३२) निर्वाचित भए। बाम गठबन्धनका ओम पुरी (८२०),  काजीबहादुर घिमिरे (७८६), खगेन्द्र रामुदामु (८३५), चेतबहादुर चम्लगाई (७२७)), निर्वाचित भएका निर्वाचन अधिकृत पोषककुमार दर्जीले बताए।  

पराजित हुनेहरुमा कांग्रेसका नृत्यनन्द चम्लागाई (६९२) वाम गठबन्धनका बमबहादुर दर्जी (५२२), टंकनाथ बलम्पाकी (५०५) र  हरिकेशर गौतम (६७७) रहेका छन्।  

यसैगरी, महिला सदस्यहरुमा काङ्ग्रेसकी भावना अधिकारी (७५५) र सावित्रा थापा (७७५) निर्वाचित भए। बाम गठबन्धनकी प्रना कार्की (८३८) र तारा बराल (८०१) निर्वाचित भएका बाहुनडाँगी जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष निकेश दाहालले जानकारी दिए। दाहालका अनुसार पराजित हुनेमा गठबन्धनकी तारादेवी खड्का (७४२)  र कांग्रेसकी देवीका अर्याल रहेका छन्।


 

More form the Internet

loading...