Suvadin, Home

हङकङ मेलामा ‘हङकङ समर फेशन शो’ 

मेला जुन २५ र २५, २०१७ अर्थात् २०७४ असार १० र ११ गते हङकङको कल्चर सेन्टरमा हुने भएको छ। हस्तकलाको आन्तरिक बजारमा रहेको उपभोग र निकासी ब्यापार गरी झण्डै २० अरबको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान रहेको हङकङ नेपाली व्यापार संघले जनाएको छ।
फाइल फोटो

काठमाडौं, असार ५ – हङकङमा आयोजना हुने ‘नेपाल एक देशीय व्यापार मेला २०१७’ मा  ‘हङकङ समर फेशन शो’ को कार्यक्रम हुने भएको छ। नेपाली हस्त निमित पश्मिना, ढाका लगायत अन्य कपडाबाट निर्मित हस्तकला समानहरुको बजार विकासका लागि हङकङ समर फेशन शो हुन लागेको हो।

मेला जुन २५ र २५, २०१७ अर्थात् २०७४ असार १० र ११ गते हङकङको कल्चर सेन्टरमा हुने भएको छ।  हस्तकलाको आन्तरिक बजारमा रहेको उपभोग र निकासी ब्यापार गरी झण्डै २० अरबको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान रहेको हङकङ नेपाली व्यापार संघले जनाएको छ।

 हस्तकला उद्योग ब्यवसायले मुलुकमा चुलिदै गएको ब्यापार घाटा र आयातलाई प्रतिस्थापन गरेको नेपालीज बिजिनेश एशोसियसन लिमिटेडले जानकारी दिएको छ।

ग्रामिण तथा  सिमान्तकृत क्षेत्रमा रोजगारी सिर्जना गरी यस उद्योग ब्यवसायले गरिवी न्यूनिकरणमा पनि ठुलो योगदान पुर्याउँदै आईरहेको जनाईएको छ। हङकङमा ठुलो संख्यामा नेपाली समुदायको बसोवास रहेको छ।

हङकङ धेरै लामो समय देखि ब्यापारिक बन्दरगाहको रुपमा पनि रही आएको छ। मेलामा हस्तकला महासंघबाट १५ र हङकङबाट ३ गरी १८ वटा स्टल रहने छन्।जसमा पश्मिना, चाँदीका गरगहना, धातुका मुर्तिहरु, थान्का र अन्य हस्तकलाका बस्तुहरु रहने छन्।

मेलालाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र टेड डिभ्लोमेन्ट काउन्सिल र नेपाल एयरलाईन्सले सहयोग गरेका छन्। हङकङमा नेपाली हस्तकलाको संभाब्यतालाई दृष्टिगत गरी नेपाली हस्तकलाको हङकंङ्गमा बजार प्रवद्र्धनको साथै नेपालको कला, संस्कृति झल्कने उदेश्यले नेपाली राजदुताबास, हङकङ नेपालीज बिजिनेश एशोसियसन लिमिटेड र  नेपाल हस्तकला महासंघको संयुक्त आयोजनाा मेला हुन लागेको हो। 


 


 

More form the Internet

loading...