Suvadin, Home

रुसी हेलिकोप्टर सिरियमा दुर्घटना, दुई चालकको मृत्यु

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी उक्त दुर्घटनामा परी दुई जना चालकको ज्यान गएको जानकारी दिएको समाचारमा जनाइएको छ। रुसी समाचार समिति इतार तासले जनाएअनुसार उक्त दुर्घटनाको कारण प्राविधिक गडबढी हुनसक्ने अनुमान गरिएको छ।
फाइल तस्वीर

मस्को, २५ वैशाख – रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ। सोमबार साँझ भएको उक्त दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी उक्त दुर्घटनामा परी दुई जना चालकको ज्यान गएको जानकारी दिएको समाचारमा जनाइएको छ।

रुसी समाचार समिति इतार तासले जनाएअनुसार उक्त दुर्घटनाको कारण प्राविधिक गडबढी हुनसक्ने अनुमान गरिएको छ। सिरियामा यसै हप्तामात्र यो दोस्रो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो।

यसअघि गत मे ३ मा पनि रुसी सेनाको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको थियो। त्यसमा पनि दुई जना चालक नै मारिएका थिए।


 

More form the Internet

loading...