Suvadin, Home

कञ्चनपुरबाट १८ किलो सुन बरामद

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त सुन पुनर्वास नगरपालिका–२ बाट बरामद गरेको हो। प्रहरीले सुन बरामद भएको पुष्टि गरे पनि त्यससँगै पक्राउ परेका व्यक्तिहरुबारे केही पनि खुलाएको छैन।
फाइल फाेटाे

कञ्चनपुर, २ फागुन – प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ केजी सुन बरामद गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त सुन पुनर्वास नगरपालिका–२ बाट बरामद गरेको हो।

प्रहरीले सुन बरामद भएको पुष्टि गरे पनि त्यससँगै पक्राउ परेका व्यक्तिहरुबारे केही पनि खुलाएको छैन। पुनर्वासमा अवैध सुन आइपुगेको सूचना पाएपछि सीआइबीसहितको प्रहरी टोली त्यहाँ पुगेको थियो। 


 

More form the Internet

loading...