Suvadin, Home

Cover Image

न्यायाधीश नहुँदा न्याय सम्पादन प्रभावित
उच्च अदालत महेन्द्रनगर इजलाश न्यायाधीश विहीन, एसपी चन्दलाई ‘फाइदा’

संयोग नै मान्नुपर्छ उच्च अदालत दिपायल, महेन्द्रनगर इजलाश न्यायाधीश विहीन बनेपछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश चन्दलाई ‘फाइदा’ पुगेको छ। सरुवा निर्णयमा असहमति जनाउदै आफ्नै संगठनविरुद्ध अदालतमा पुगेका चन्दको रिटको पेशी बुधबारका लागि तोकिएको थियो। तर, न्यायाधीश नै नहुँदा उच्च अदालत प्रशासनले आगामी कात्तिक २३ गतेका लागि पेशी सारिएपछि एसपी चन्दको कञ्चनपुर बसाइँ लम्बिने निश्चित छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी प्रकाश चन्द।

काठमाडौं, कात्तिक ८– उच्च अदालत दिपायल, महेन्द्रनगर इजलाश न्यायाधीश विहीन बनेको छ।

सरुवा भएको नौ दिन वित्दा समेत चार जना न्यायाधीश महेन्द्रनगर इजलाशमा हाजिर नहुँदा न्याय सम्पादनको काम प्रभावित बनेको छ।

गत असोज ३० गते देशभरका उच्च अदालतका न्यायाधीशको सरुवा भएपछि महेन्द्रनगर इजलाशमा कार्यरत चार न्यायाधीश पनि अन्यत्र गइसकेका छन्।

अदालतका सूचना अधिकारी प्रकाश साउँदका अनुसार न्यायाधीशहरू शिवनारायण यादव उच्च अदालत जकनपुर, विरगञ्ज इजलाश, केशवराज जोशी उच्च अदालत पाटन, वीरेन्द्रकुमार कर्ण उच्च अदालत विराटनगर, इलाम इजलाश र नातीबाबु लामिछाने उच्च अदालत जनकपुरका लागि रमाना बुझेर गइसकेका छन्।

तर, उच्च अदालत दिपायल, महेन्द्रनगर इजलाशमा सरुवा भएका उच्च अदालत पाटनका न्यायाधीश डिल्लीराज आचार्य र राजेश्वर तिवारी, उच्च अदालत जनकपुर, वीरञ्गज इजलाशका न्यायाधीश दीनेशप्रसाद यादव र उच्च अदालत तुलसीपुर, बुटवल इजलाशका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ सरुवा भएको अदालतमा नपुगेका हुन्।

उनीहरु यसअघि कार्यरत अदालतमै न्याय सम्पादन गरिरहेको र केही दिनमा आउन सक्ने सूचना अधिकारी साउँदले बताए।

‘सरुवा भएपछि श्रीमानहरू रमाना बुझेर गइसक्नु भएको छ,’ उनले भने, ‘यहाँ सरुवा हुनुभएका श्रीमानहरू पुग्नु भएको छैन।’ महेन्द्रनगर इजलाशमा करिव दुई सय २० मुद्दा फछ्र्याेट हुन बाँकी छ।  तर, न्यायाधीशहरू हाजिर नहुँदा न्याय सम्पादनको काम प्रभावित बनेको हो।


एसपी चन्दलाई ‘फाइदा’  
संयोग नै मान्नुपर्छ उच्च अदालत दिपायल, महेन्द्रनगर इजलाश न्यायाधीश विहीन बनेपछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश चन्दलाई ‘फाइदा’ पुगेको छ।

सरुवा निर्णयमा असहमति जनाउदै आफ्नै संगठनविरुद्ध अदालतमा पुगेका चन्दको रिटको पेशी बुधबारका लागि तोकिएको थियो। तर, न्यायाधीश नै नहुँदा उच्च अदालत प्रशासनले आगामी कात्तिक २३ गतेका लागि पेशी तोकेपछि एसपी चन्दको कञ्चनपुर बसाइँ लम्बिने निश्चित छ। प्रहरी प्रधान कार्यालयले बुधबार लिखित जवाफ दिएको थियो।

गत असोज २९ गते न्यायाधीश वीरेन्द्रकुमार कर्णको इजालशले चन्दको रिटको प्रारम्भीक सुनुवाइ गर्दै विपक्षी (प्रहरी प्रधान कार्यालय) लाई लिखित जवाफ पेश गर्न भनेको थियो, भने दुबै पक्षलाई बुधबारका लागि बोलाएको थियो।

तर, अहिले आएर अदालत नै न्यायाधीश विहीन बनेपछि रिटको पेशी लम्बिएको छ भने सरुवाविरुद्धको रिटको टुंगो नलागुन्जेलसम्म एसपी चन्द कञ्चनपुरमै बस्ने प्रायः निश्तित बनेको छ।

प्रहरी प्रधान कार्यालयले एसपी चन्दलाई प्रदेश नम्बर ६ को प्रहरी कार्यालय  सुर्खेतमा सरुवा गरेर उनको ठाउँमा एसपी डिल्लीराज विष्टलाई पठाएको थियो। तर, नेपाल प्रहरीको इतिहासमै पहिलो पटक एसपी चन्द सरुवा निर्णयविरुद्ध अदालत पुगेपछि विष्टको कञ्चनपुर आउने चाहानामा तत्कालका लागि पूर्णविराम लागेको थियो।

एसपी चन्दको अबको तीन महिनापछि  ३० वर्षे सेवाअवधि सकिँदैैछ। तर, अबको तीन महिनाभित्र चुनाव हुने भएकाले एसपी चन्द जिल्लाको कमाण्ड सम्हाल्न चाहान्छन्।

उच्च अदालत दिपायल महेन्द्रनगर इजलाश स्रोतले भन्यो, ‘श्रीमानहरू आगामी कात्तिक २३ गते अघि आउने सम्भावना नभएकै कारण २३ गतेका लागि पेशी तोकिएको हो।’

‘विवादित’ एसपी चन्द प्रहरी हेडक्वार्टरविरुद्ध अदालतमा, होला त सरुवा बदर? 


 

More form the Internet

loading...