Suvadin, Home

Cover Image

देखिन थाले हिमाली जटायु

जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा  लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) देखिन थालेका छन्। जिल्लालाई डाइक्लोफेनेक मुक्त घोषणा गरिएपछि उच्च भेगमा फाटफुट रुपमा हिमाली जटायु देखिन थालेको स्थानीयले बताए।

बेनी (म्याग्दी), माघ १६ - जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा  लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) देखिन थालेका छन्। जिल्लालाई डाइक्लोफेनेक मुक्त घोषणा गरिएपछि उच्च भेगमा फाटफुट रुपमा हिमाली जटायु देखिन थालेको स्थानीयले बताए।

हिमाली जटायु विषादीयुक्त आहार, बढ्दो तापक्रमको प्रभाव र बासस्थानको अभावका कारण विश्ववाट नै लोप हुने अवस्थामा रहेका छन्। चिमखोला, मुदी र लुलाङमा हिमाली जटायु देखिएको त्यहाका स्थानीय ध्रुव पाइजाले जानकारी दिए। लोपोन्मुख जटायु संरक्षण गर्न म्याग्दीलाई पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक औषधि’ मुक्त जिल्ला घोषणासँगै पशुमा सो औषधि प्रयोग र बेचविखन गर्न प्रतिबन्ध लगाइएपछि एक वर्षको अवधिमा सकारात्मक संकेत देखिएको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिल्लीराम आचार्यले जानकारी दिए।

जिल्ला पशुसेवा कार्यालय र नेपाल पंक्षी संरक्षण संघ काठमाडौंको प्रयासमा गत वर्ष २५ औं जिल्लाको रुपमा म्याग्दीलाई ‘डाइक्लोफेनेक औषधिमुक्त’ जिल्ला घोषणा गरिएको थियो।

जिल्लाका चिमखोला, दग्नाम, गुर्जा, मुदी, ताकम, लुलाङ लगायतका ठाउँमा हिमाली जटायु देखिन थालेको र ती जटायुको संरक्षणका लागि विशेष कार्यक्रमको आवश्यकता भएको सरोकारवालाले बताएका छन्। जिल्लामा कुन प्रजातिका गिद्ध कति संख्यामा छन् भन्ने कुराको विस्तृत अध्ययन नभएको र यसको कुनै अभिलेख पनि नरहेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ। रासस

 


 

More form the Internet

loading...