Suvadin, Home

यस्ताे छ नेपाली सेनाकाे गाैरवशाली इतिहास

महाशिवरात्री पर्वका दिन नेपाली सेनाको स्थापना दिवस संयोग मात्र होइन, तत्कालिन राजा पृथ्वीनारायण शाहको कमाण्डमा नेपालको पहिलो सैनिक संरचना शिवरात्री कै दिन बनेको इतिहास साक्षी छ। नेपाली सेना स्थापनाको एउटै मिति नभएको र बिभिन्न मितिमा संगठित भएकाले महाशिवरात्रीलाई सेना दिवसका रुपमा मनाउने गरिएको इतिहासविदहरूले दावी गरेका छन्। सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपाली सेना मैदानमा उत्रिदासम्म दक्षिण एशियाका अरु देशमा आफ्नै सैनिक संरचना थिएन। त्यसैले नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन मानिन्छ।
नेपाली सेना।

करिव साँढे ४ सय वर्षको इतिहास छ नेपाली सेनासँग राजसंस्था हुँदासम्म राजाको सेना भन्ने आरोप खपेको नेपाली सेना जनताको सेना बन्दै गएको छ । देशको विकास निर्माण आपतकालिन घटना र गम्भीर परिस्थितिमा नेपाली सेनाको भूमिका महत्वपूर्ण हुने गर्दछ । विश्वका विभिन्न मुलुकमा नेपाली सेनाले गरेको गौरवपूर्ण कार्यको सधै चर्चा भइरहेको छ । यस्तो छ नेपाली सेनाको इतिहास प्रधानमन्त्री सुशिल कोइरालाले सेना दिवसको अवसरमा बोल्दै भने सेना अब जनताको सेना बन्नु पर्दछ । यसले के प्रष्ट गर्दछ भने सेनाको इतिहास दरबारको होइन जनताको बन्ने पर्दछ ।

महाशिवरात्री पर्वका दिन नेपाली सेनाको स्थापना दिवस संयोग मात्र होइन, तत्कालिन राजा पृथ्वीनारायण शाहको कमाण्डमा नेपालको पहिलो सैनिक संरचना शिवरात्री कै दिन बनेको इतिहास साक्षी छ। नेपाली सेना स्थापनाको एउटै मिति नभएको र बिभिन्न मितिमा संगठित भएकाले महाशिवरात्रीलाई सेना दिवसका रुपमा मनाउने गरिएको इतिहासविदहरूले दावी गरेका छन् ।

इतिहासको फरक दावी

सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपाली सेना मैदानमा उत्रिदासम्म दक्षिण एशियाका अरु देशमा आफ्नै सैनिक संरचना थिएन। त्यसैले नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन मानिन्छ। पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोट र सन १७४४ मा छिमेकी कान्तिपुर राज्य कब्जा गरेपछि गोर्खाली फौजलाई शाही नेपाली सेनाको रुपमा चिनिन थालेको इतिहासविद दिनेशराज पन्त बताउँछन् । नेपाली सेना कति सालमा स्थापना भयो भन्ने ठ्याक्कै मिति पाइदैन । तर सन् १७४४ अर्थात विक्रम संवत १८०१ देखि नेपाली सेनाले यो मुलुकको स्वतन्त्रता, अखण्डता र सार्वभौकिताको रक्षा गरेको इतिहास छ ।

व्यारेकीय संरचनाको हिसाबले नेपाली सेना विक्रम सम्बत १८१९ फागुन १० गते पोखरा गोरख गणका रुपमा स्थापित भएको इतिहासकारहरूले विभिन्न सन्दर्भमा उल्लेख गरेका छन् । त्यसअघि नेपाली सेना रहे पनि गण बनिसकेको थिएन । तर इतिहासविद डा. प्रेमसिंह बस्न्यातले भने नेपाली सेनाको सुरुवात विक्रम सम्वत १६१६ मा गोरखा राज्यको स्थापनासँगै सुरु भएको दावी गरेका छन् । यस हिसाबले नेपाली सेनाको इतिहास ४ सय ५५ वर्ष भइसकेको छ । तर करीव दुई सय वर्ष त्यो सेनाले खासै कुनै लडाइ लडेको पाइदैन । भगिरथ पन्तको कमाण्डबाट सुरु भएको गोरखा राज्यको सेना हाल नेपाली सेनाका रुपमा गौरव शमसेर जबराको नेतृत्वमा छ ।

गोर्खालीको गौरव

त्यति बेलाको गोर्खा फौज र त्यसपछिको शाही नेपाली सेनाको वीरता, शाहस र समर्पणबाट प्रभावित भएका तत्कालिन ब्रिटिश इष्ट इण्डिया कम्पनीले आफ्नो सेनामा नेपालीहरूलाई भर्ती लिन थालेको सुगौली सन्धीपछि हो । भारतबाट ब्रिटिसहरू हिडेपछि पनि उनीहरूले आफ्नो सेनामा नेपालीलाई लिने क्रम अहिलेसम्म जारी छ । बेलायती सेनामा अलग्गै गोर्खा रेजिमेन्ट कायमै छ । बेलायती र विश्वका धेरै देशले अहिले पनि गुर्खाज भनेर नेपालीहरूको प्रशंसा गर्नुमा नेपाली सेनाले दुवै विश्वयुद्ध र त्यसपछि निरन्तर शान्ति स्थापना कार्यमा देखाएको वीरता र बहादुरीले काम गरेको पूर्व रक्षामन्त्री विद्या भण्डारी बताउँछिन् ।

राजाबाट जनताको नियन्त्रण

नेपाली सेनाको सञ्चालन तथा सुरुवात तत्कालिन बडामाहाराजाधिराज पृथ्वीनारायण शाहबाट भएको थियो । शाही सेना, नेपाली सेना हुँदै पृथ्वीनारायण शाहका ११ औं पुस्ताका राजा ज्ञानेन्द्र शाहको पालामा राजतन्त्र अन्त्यसँगै सेना पनि राजाबाट जनताको नियन्त्रणमा आएको मानिन्छ । २०६३ साल जेठ ४ गतेको तत्कालिन पुर्नस्थापित प्रतिनिधिसभाको घोषणबाट शाही नेपाली सेनाको नाम नेपाली सेना बनाइएको थियो । त्यस लगत्तै २०६३ मा अन्तरिम संसदले सैनिक ऐन पारित गरि सेनामाथि राजदरवारको नियन्त्रण पूर्ण रुपमा अन्त्य गरि संसदको माताहत ल्याएका हो । २०६८ सालमा तत्कालिन माओवादी लडाकुहरूलाई समेत समायोजन गरिएपछि राष्ट्रिय सेनाको संख्या हाल करीव ९५ हजार रहेको छ । सैनिक प्रवक्ता सहायक रथी जगदिशचन्द्र पोखरेलका अनुसार यो सकल दर्जाको संख्या हो । नेपाली सेनाले आफ्नो फौजमा कम्तिमा ५ प्रतिशत महिला सैनिकको संख्या पु¥याउने तत्कालिन लक्ष्य सहित भर्ती लिइरहेको पोखरेल बताउँछन् ।

आन्तरिक विद्रोहमा सेना

२०३१ सालमा पश्चिम नेपालको मुस्ताङमा भड्किएको खम्पा बिद्रोह नियन्त्रण गर्न र २०५८ देखि २०६२ सम्म करीव ५ वर्ष माओवादी सशस्त्र विद्रोह नियन्त्रण गर्न नेपाली सेना परिचालित भएको थियो । वाह्य युद्धमा नेपाली सेनाले धेरै ठूलो नाम कमाएको छ । नेपाली सेना बाह्य आक्रमण तथा आन्तरिक द्वन्द्व बाहेकका बेलामा विकास निर्माणमा खटिएको छ । सेनाले बनाएका सडकहरू देशका विकट पहाडी क्षेत्रमा भरपर्दाे मानिएका छन् । यसका साथै राष्ट्रिय सम्पत्तिका रुपमा रहेका विद्युत, टेलिफोन स्टेशन, ऐतिहासिक गढी दरवार, राष्ट्रिय निकुन्जहरूको सुरक्षा सेनाले गर्दै आएको छ । यसबाहेक प्राकृतिक बिपत्तिहरूमा नेपाली सेना चौबिसै घण्टा जनताको रक्षार्थ खटिएको छ ।

सैनिक संरचना

नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपाली सेनाको परमाधिपतिका रुपमा राष्ट्रपति रहेका छन् । प्रधानमन्त्री नेतृत्वको राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्छन् । सैनिक संरचनाको नेतृत्व प्रधान सेनापति महारथीले गर्छन् । उनीभन्दा ठिक तल दुई रथी रहन्छन् । त्यसपति क्रमशः उपरथी, सहायकरथी, महासेनानी, प्रमुख सेनानी, सेनानी, सहसेनानी, उपसेनानी र सहायक सेनानी अधिकृत तहभन्दा माथिका दर्जा हुन् । अधिकृत भन्दा तल प्रमुख सुवेदार, सुवेदार मेजर, जमदार, मुद्दा, अमल्दार, प्यूठ समेतको दरवन्दी रहेको सैनिक प्रवक्ता पोखरेल बताउँछन् । पृथ्वीनारायण शाहले पहिलो पटक वि. सं. । १८०० मा पहिलो पटक नगरकोटमा अक्रमण गरि नेपाल एकीकरण अभियान थालेका थिए । पछि उनका छोरा नातिका पालासम्म राज्य विस्तारको अभियान पूर्वमा टिष्टादेखि पश्चिम काँगडासम्म पुगेको थियो । तर तत्कालिन ब्रिटिश इष्ट इण्डिया कम्पनीसँगको युद्धमा नेपालले ४० हजार वर्ग किलोमिटर जमिन गुमाउनुपरेको थियो । नेपाली सेनाले तीन पटक तत्कालिन भोट राज्य अर्थात तिव्वतसँग लडाइ गरेको थियो भने एकपटक तिव्वत र चीनसँग संयुक्त लडाइ लडेर बिजय पाएको थियो ।

नेपाली सेनाले लडेका केही युद्ध

भारतीय सिपाही विद्रोह दमनः वि.सं. १९१० तिर

प्रथम विश्व युद्ध विश्वभरः वि.सं. १९७१–१९७५

वजरीस्थानको लडाईंमाः मिति प्राप्त नभएको अफगान युद्ध 

अंग्रेजको पक्षमाः वि.सं. १९७६

दोस्रो विश्वयुद्ध विश्वभरः वि.सं. १९९७–२००१

हैदरवाद समनमा लडाइः वि.सं. २००५

संयुक्त राष्ट्रसंघीय शान्ति सेनाः वि.सं. २०१५

नेपाली सेनाले देशभित्र लडेका युद्ध

मिरकाशिम विरुद्धको लडाईं – वि.सं. १८२० किनलोकसँग

पौवागढीको लडाइ – वि.सं. १८२४

नेपाल अंग्रेजबीचको युद्ध – वि.सं. १८१४-१६

साभारः अखबर खबरडटकम,विशालबाबु आचार्य


 

More form the Internet

loading...