Suvadin, Home
गृहमन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारी (सिडओ) को सरूवा गरेको छ । गृहले एक सूचना जारी गर्दै सिडिओ सरुवाको जानकारी गराएको हो ।

काठमाडौं । गृहमन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारी (सिडओ) को सरूवा गरेको छ । गृहले एक सूचना जारी गर्दै सिडिओ सरुवाको जानकारी गराएको हो ।

गृहले नारायण प्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, जितेन्द्र बस्नेत, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्काको सरुवा गरेको छ । 

जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत भट्टराईको जिप्रका चितवनमा सरूवा गरिएको छ । जिप्रका भक्तपुरमा कार्यरत भट्टलाई मकवानपुर, जिप्रका चितवनका कार्यरत बस्नेतलाई जिप्रका पर्सा सरूवा गरिएको छ । 

यस्तै पाण्डेको जिप्रका भक्तपुर सरूवा गरिएको छ । जिप्रका लमजुङबाट डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान सरूवा गरिएको छ भने अध्यागमन कार्यालय त्रिअविबाट खड्कालाई जिप्रका लमजुङ सरूवा गरिएको छ ।


 

More form the Internet

loading...