Suvadin, Home

दुर्घटना न्यूनीकरणका लागि स्पीड जाँच

धनुषामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले स्पीड चेकजाँच र प्रेसर हर्न नियन्त्रण अभियान सुरू गरेको छ। सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत ट्राफिक प्रहरीले स्पीड चेक जाँच र प्रेसर हर्न नियन्त्रण अभियान सञ्चालन गरेको  हो।

धनुषा, वैशाख ३- धनुषामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले स्पीड चेकजाँच र प्रेसर हर्न नियन्त्रण अभियान सुरू गरेको छ। सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत ट्राफिक प्रहरीले स्पीड चेक जाँच र प्रेसर हर्न नियन्त्रण अभियान सञ्चालन गरेको  हो।

अभियानका कारण जनकपुरसहितका धनुषाका सबै बजारहरूमा सवारी दुर्घटनामा ह्वात्तै कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ। बजारका विभिन्न चोक र जिल्लालाई छोएका राजमार्गमा यो अभियान चलाइएको हो। ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार दुई दिनमा करिब १ सय सवारी साधनलाई स्पीड चेक जाँच र त्यतिकै संख्यामा प्रेसर हर्न रहेका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गर्न थालिएको छ।

प्रेसर हर्न लागेका सवारी साधनहरूको हर्न खोली जान दिने र कम प्रेसर भएको हर्न लगाउनका लागि परामर्श दिइएको र पछि कानुन बमोजिम कारबाही गर्ने प्रहरीले जनाएको छ। प्रेसर हर्नका कारण वातावरण प्रदुषण हुनुका साथै दुर्घटनामा पनि ठूलो भूमिका खेल्ने गरेकाले यी समस्या समाधानका लागि ठोस पहलकदमी लिनु परेको ट्राफिक इन्सपेक्टर हरिनन्दन चौधरीले बताए। तर, सवारी साधनका चालकहरूले प्रेसर हर्न बजाउँदा समेत कसैले नटेर्ने गरेको गुनासो पनि उनले सुनाए।

चालु आथिक वर्षको साउन महिनादेखि फागुनसम्ममा धनुषा जिल्लामा जम्मा ९० वटा सवारी दुर्घटना भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार सबै भन्दा बढी ४० वटा मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा परी जिल्लामा ४२ जनाको मृत्यु र २९ जना घाइते भएको पनि उल्लेख गरिएको छ।

 


 

More form the Internet

loading...