Suvadin, Home

Cover Image

इजिप्टका पूर्वराष्ट्रपति होस्‍नी मुबारकको निधन

कायरो । इजिप्टका पूर्वराष्ट्रपति होस्‍न मुबारकको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् २०११ मा सैन्य बलद्वारा अपदस्थ गरिएका मुबारकको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको बीबीसीले जनाएको छ । 

उनको निधन भएको इजिप्टका सरकारी सञ्‍चारमाध्यमले पुष्टि गरेका छन् । इजिप्टको अल-वाटन वेबसाइटले मिलिटरी अस्पतालमा उनको मृत्यु भएको उल्लेख गरेको थियो । जनवरी अन्तिममा उनको जनवरीमा सर्जरी गरिएको थियो । सर्जरीपछि उनी निको भएका थिए । 

तर, शनिबार एक्कासि इजिप्टका पूर्वराष्ट्रपतिलाई आईसीयूमा राखिएको जानकारी उनका छोरा अलाले दिएका थिए । सन् १९२८ मा जन्मिएका मुबारक किशोरावस्थामै एयर फोर्समा सामेल भएका थिए भने सन् १९७३ को अरब-इजराइल युद्धमा उनले मुख्य भूमिकामा रहेका काम गरेका थिए । 

त्यसको करिब एक दशक नबित्दै राष्ट्रपति अनवर सादतको हत्यापछि उनी इजिप्टको राष्ट्रपति बनेका थिए । उनले इजराइल-प्यालेस्टाइनको शान्ति प्रक्रियामा पनि विशेष भूमिका निर्वाह गरेका थिए । 

इजिप्टमा मुबारकले तीन दशकसम्म सत्ताको जिम्मवारी सम्हालेका थिए । उनलाई क्रान्तिका समयमा आन्दोलनकारीहरुलाई मारेको आरोपमा दोषि ठहर गरिएको थियो । सन् २०१७ मा उक्त सजाय उल्टाएर उनलाई रिहा गरिएको थियो । -बीबीसी


 

More form the Internet

loading...