Suvadin, Home

प्रदर्शन गर्ने २० जनाभन्दा बढी मानव अधिकारकर्मी पक्राउ

सरकारविरुद्ध प्रर्दशन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं, २४ मंसिर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा सरकारविरुद्ध प्रर्दशन गर्ने २० जनाभन्दा बढी मानव अधिकारकर्मीलाई प्रहरीले  पक्राउ गरेको छ।  

सरकारविरुद्ध प्रर्दशन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको असर पारेर मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको विरोध प्रर्दशनले निषेधित क्षेत्र तोडेपछि समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका २० जनाभन्दा बढी मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो। 

नियन्त्रणमा लिएका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ। 


 

More form the Internet

loading...