Suvadin, Home

Cover Image

डीअार्इजी सिलवालको मुद्दामा साउन १९ गते सुनुवाइ

प्रहरी महानिरीक्षक नियुक्तिको विवादमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको मुद्दामा आगामी साउन १९ गते सुनुवाइ हुने भएको छ। 
डीअार्इजी नवराज सिलवाल।

काठमाडौँ, असार २३– प्रहरी महानिरीक्षक नियुक्तिको विवादमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको मुद्दामा आगामी साउन १९ गते सुनुवाइ हुने भएको छ। 

कामु प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले सुनुवाइ हुने मिति तय गरेको अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए।

प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट निवेदन दिनुभएको थियो। अदालतको उक्त निर्णयलाई कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो। सो आदेशपछि सरकारले प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो। 

सिलवालले वरियता क्रममा आफू १ नंमा रहेको र चार वर्षको कार्यसम्पादन र मूल्याङ्कनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनः अदालतमा निवेदन दिनुभएको थियो। त्यसमा अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। रासस 


 

More form the Internet

loading...