Suvadin, Home

पूर्वी तराईमा उत्पादन हुने सनपाट 

सनपाटका लागि विराटनगर र झापालाई प्रख्यात मानिन्छ। यो एउटा नगदे बाली हो। पूर्वी तराईका जिल्लामा मात्र उत्पादन हुने जुटलाई सनपाट पनि भनिन्छ

काठमाडौं, ८  माघ – सनपाट जुट उद्योगका लागि चाहिने कच्चा पदार्थ हो।कागज उद्योग तथा कुटीर उद्योगमा डाली तथा झोला,डोरी,वोरा आदि बनाउनका लागि यसको प्रयोग गरिने गरिन्छ। 

सनपाटका लागि विराटनगर र झापालाई प्रख्यात मानिन्छ। यो एउटा नगदे बाली हो। पूर्वी तराईका जिल्लामा मात्र उत्पादन हुने जुटलाई सनपाट पनि भनिन्छ। सनपाट रेसादारको वनस्पती हो। सनपाटलाई काटेर केही समय सुकाइन्छ। त्यसपछि एक सातासम्म पानीमा गाडेर राखेपछि रेसा निस्कन्छ। 

तर, पछिल्लो समयमा सनपाटको खेती घट्दै गएको छ। जुट उद्योग धमाधम बन्द हुनु यसको मुख्य कारण हो।    

सनपाट खेती उष्ण तथा आर्द्रतायुक्त हावापानीमा हुन्छ। यसका लागि २४० देखि ३७० सम्म तापक्रम हुनु पर्छ। निरन्तरको वर्षा वा पानी जम्नु हानीकारक हुने हुँदा ४० देखि ६० इन्च सम्मको वर्षा सनपाटका लागि उपयुक्त हुने गर्छ।

बालुवा मिश्रित पाँगो माटो वा चिम्ट्याइलो पाँगो माटोमा सनपाटको खेती फस्टाउने गरेपनि केही सयम अघिसम्म विराटनगरको सबै ठाउँमा सनपाट खेती हुने गरेको बताइएको छ।


 

More form the Internet

loading...