Suvadin, Home

 भारतमा एक दिनमा थपिए २२७ संक्रमित, ३२ जनाको मत्यु 

नयाँ दिल्ली । भारतमा नोभेल कोरोना भाइरस संक्रमितको संख्या पनि तीव्ररुपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकदिनमा २२७ कोरोना संक्रमित थपिए हालसम्म एक हजार २५१ कोरोना संक्रमित पुगेका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ । 

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या एक हजार ११७ छ भने १०१ जनाको उपचारपछि घर पठाइएको छ । 

हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित महाराष्ट्रमा भेटिएका छन् । महाराष्ट्रमा २२३ जना कोरोना संक्रमित छन् भने केरलामा २२१ जनामा संक्रमण भएको छ । 

भारतमा अप्रिल १४ सम्मका लागि लकडाउन घोषणा गरिएको छ । मानिसहरुलाई अत्यावश्यकबाहेक घरबाट ननिस्किन आग्रह गरिएको छ । 

विश्वभर भने कोरोना संक्रमितको संख्या करिब ८ लाख नजिक छ भने ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । - डीएनएन इन्डिया


 

More form the Internet

loading...