Suvadin, Home

भारतको एक अस्पतालमा ७१ बालबालिकाको मृत्यु

अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टी गर्दै भने, 'ठूलो संख्यामा बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् र विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो'।

बहराइच, भारत, ५ भदौ – भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ।

अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टी गर्दै भने, 'ठूलो संख्यामा बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् र विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो'।

सीमित स्रोतसाधनका कारण अस्पतालले ठूलो समस्या झेल्नु परेको पनि उनले बताए। 'हामीसँग अहिले २०० शैया छ, तर ४५० भन्दा बढी बिरामी अहिल्यै भर्ना भएका छन्। कार्यबोझ धेरै ठूलो छ। हामीले जतिसक्दो प्रयत्न गरेका छौं।'

गत वर्ष पनि बहराइच नजिकको बाबा राघव दास बीआरडी मेडिकल कलेजमा ६० जनाभन्दा बढी शिशुको उपचारकै क्रममा मृत्यु भएको थियो.


 

More form the Internet

loading...