Suvadin, Home

पाकिस्तानको नियन्त्रणमा रहेको काश्मीर कब्जा गर्ने भारतको एजेन्डा

नयाँ दिल्ली । भारतको प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री जितेन्द्र सिंहले पाकिस्तान प्रशासित काश्मीरलाई लिने भारत सरकारको अबको एजेण्डा हुने बताएका छन् ।  

मंगलबार जम्मुमा पुगेका उनले भने, ‘‘मोदी सरकारको दोस्रो कार्यकालको १०० दिनको सबैभन्दा ठूलो उपलब्धिमा जम्मु काश्मीरको विशेष दर्जा समाप्त गर्नु रहेको र अबको एजेण्डा पाकिस्तानको कब्जामा रहेको काश्मीरलाई भारतको अभिन्न हिस्सा बनाउनु हो ।’’

‘‘यो मेरो वा मेरो पार्टीको प्रतिबद्धता मात्रै होइन यो सन् १९९४ मा पीवी नरसिंह रावको नेतृत्वमा बनेको तत्कालीन कांग्रेस सरकारले सर्वसम्मतिले लिएको संकल्प हो,’’उनले भनेका छन् ।

उनले काश्मीरको अवस्था सामान्य हुँदै गएको र इन्टरनेट तथा अन्य सेवाहरु चाँडै वहाल हुने समेत जनाएका छन् । (बीबीसी)


 

More form the Internet

loading...