Suvadin, Home

Cover Image

भारतीय जलसेनामा पहिलो महिला पाइलट

कोची । भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छन् । 

शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उनी गत वर्ष भारतीय जलसेनामा भर्ना भएका थिइन् ।

शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान सुरु गरेर नयाँ जिम्मेवारी थालेकी छन् । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएकी छन् । - एएनआई


 

More form the Internet

loading...