Suvadin, Home

डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो

गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जिवीतै उद्वार गरिएको थियो। उनीहरुको खोजी कार्य जारी नै रहेको सुरक्षाकर्मीहरुको भनाई छ। खोजी र अनुसन्धानको क्रममा चालक दलका अध्यक्ष पक्राउ परेका छन्। त्यस कुराको जानकारी इन्डोनेसियाको प्रहरीले बिहीबार दिएको छ। डुङ्गा पनि तिनै व्यक्तिको रहेको अनुमान गरिएको छ। तर प्रहरीले अनुसन्धान भर्खरै सुरु गरेको जनाएको छ।

इन्डोनेसिया, ७ असार – इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको छ।

गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जिवीतै उद्वार गरिएको थियो। उनीहरुको खोजी कार्य जारी नै रहेको सुरक्षाकर्मीहरुको भनाई छ।

खोजी र अनुसन्धानको क्रममा चालक दलका अध्यक्ष पक्राउ परेका छन्। त्यस कुराको जानकारी इन्डोनेसियाको प्रहरीले बिहीबार दिएको छ। डुङ्गा पनि तिनै व्यक्तिको रहेको अनुमान गरिएको छ। तर प्रहरीले अनुसन्धान भर्खरै सुरु गरेको जनाएको छ।

प्रहरीले यस दुर्घटनामा परी हालसम्म चार व्यक्तिको मृत्यु भएको पुष्टि भएको र बिहीबार जानकारी दिइएको छ। अरु दर्जनौँ व्यक्ति अझै बेपत्ता रहेका छन्।

दुर्घटनमा परेको त्यस डुङ्गबाट कम्तीमा १९३ व्यक्ति वेपत्ता रहेका सरकारी अधिकारीहरुको अनुमान रहेको बिहीबार जनाइएको छ।

खोजीकार्य जारी रहेको र हाल सम्म १८ व्यक्तिलाई उद्धार गरिएको उनीहरुले बताएका छन्। तर अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने बारेमा भने यकिन सङ्ख्या भने प्राप्त भएको छैन।

इन्डोनेसियाको सुमात्रा द्वीपको प्रख्यात पर्यटकीय स्थल तोबा तालमा गत सोमबार अपराह्न सो डुङ्गा दुर्घटनामा परेको थियो।

डुबेका वा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्वारमा मङ्गलबारदेखि सयौँको सङ्ख्यामा रहेका उद्धारकर्मी खटिएका छन्।


 

More form the Internet

loading...