Suvadin, Home

एटीएम ह्याक प्रकरण : रातिदेखि बन्द एटिएम सेवा सुचारु, अन्तर बैंक एटिएम सेवा भने बन्द

काठमाडौं । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । 

उक्त समूहले विभिन्न बैंकका एटीएमबाट १ करोड २६ लाख निकालिसकेका छन् । प्रहरीले उनीहरुको साथबाट ९ हजार अमेरिकन डलर बरामद गरेको छ ।

शनिबार  राति नक्कली भिसा कार्डबाट रकम झिक्ने पाँच चिनियाँ नागरिक पक्राउ परेपछि एटीएम कार्ड बन्द गरिएको थियो । ११ वटा वाणिज्य बैंक आवद्ध एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले आफू आवद्ध बैंकका एटीएम बन्द गराएको थियो । तर, आइतबार १० बजेपछि भने उक्त सेवा सञ्चालनमा आएको छ।

बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले प्रभु बैंक र एनआईसी एशिया बैंकको एटीएम सेवा बाहेक सबै बैंकको सेवा सूचारु भएको जनाएको हो । 

प्रभु बैंक र एनआईसी एशियाको सेवा पूर्ववत अवस्थामा आउन केही समय लाग्‍ने राष्ट्र बैंकले जनाएको छ । एटीएम सेवा सूचारु भए पनि अन्तर बैंक एटिएम कारोबार तत्कालको लागि बन्द भएको बैंकहरुले बताएका छन् ।  यसरी केही समय एटीएमबाट पैसा निकाल्न नपाएपछि अधिकांश स्थानको एटीएमबाट सेवा लिनेको भीड नै लागेको छ।
 


 

More form the Internet

loading...