Suvadin, Home
Nepal life 2.75M

इन्टरपोलका अध्यक्ष मेंग चीनमा पक्राउ

चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून उल्लंघनको आरोपमा भ्रष्टाचार विरोधी निकायले छानबिन गरिरहेको जनाएको छ। कर्मचारीहरुले गर्ने भ्रष्टाचारबारे छानबिन गर्दै आइरहेको चीनको सुपरभिजन कमिसनले आफ्नो वेवसाइटमा उनीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ।

काठमाडौं, २२ असोज – अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमा पक्राउ परेका छन्। मेंगकी श्रीमतीले उनले डरलाग्दो म्यासेज पठाएको भन्दै जीवन रक्षाको माग गरिरहेका बेला उनी चीनबाट पक्राउ परेका हुन्।

चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून उल्लंघनको आरोपमा भ्रष्टाचार विरोधी निकायले छानबिन गरिरहेको जनाएको छ। कर्मचारीहरुले गर्ने भ्रष्टाचारबारे छानबिन गर्दै आइरहेको चीनको सुपरभिजन कमिसनले आफ्नो वेवसाइटमा उनीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ।

चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीसमेत रहेका मेंग गत २५ सेप्टेम्बरमा इन्टरपोलको मुख्यालय फ्रान्सको लियोनबाट हराएका थिए। इन्टरपोलले मेंगले तत्कालबाट लागू हुने गरी प्रमुखबाट राजीनामा दिएको जनाएको छ।

चीनमा उच्चपदस्थ व्यक्ति गायब हुने क्रमको यो पछिल्लो कडी हो। बीबीसीका अनुसार केही महिनामा मात्रै उच्च सरकारी अधिकारी, अर्बपति व्यापारीसँगै त्यहाँका सेलिब्रेटी मेंगजस्तै गरी बेपत्ता भएका छन्।

सन् २०१६ को नोभेम्बरमा मेंग इन्टरपोलको अध्यक्ष बन्नुअघि चीनमा सामाजिक सुरक्षा उपमन्त्री थिए। गुप्तचर प्रहरीको कामकाज हेर्ने उनको जिम्मेवारी थियो। ९५ वर्षको इतिहासमा इन्टरपोलको अध्यक्ष बन्ने मेंग पहिलो चिनियाँ नागरिक हुन्।


 

More form the Internet

loading...