Suvadin, Home

कारागारमा भएको आगलागीको अनुसन्धान गर्न पाँचजना अधिकारीलाई नियन्त्रणमा

देशका महान्यायाधिवक्ताले घटनासँग सम्वन्धित पाँचजना प्रहरी अधिकारीलाई नियन्त्रणमा लिइएको शनिबार जानकारी दिए। महान्यायाधिवक्ताको कार्यालयले घटनाका दोषी पत्ता लगाई कारबाही गरी छाड्ने प्रतिबद्धता जनाएको छ। 
फाइल तस्वीर

काराकास, चैत १८ – भेनेजुयलाको एउटा कारागारमा भएको आगलागीबारे अनुसन्धान गर्न पाँचजना अधिकारीलाई नियन्त्रणमा लिइएको छ।

देशका महान्यायाधिवक्ताले घटनासँग सम्वन्धित पाँचजना प्रहरी अधिकारीलाई नियन्त्रणमा लिइएको शनिबार जानकारी दिए।

महान्यायाधिवक्ताको कार्यालयले घटनाका दोषी पत्ता लगाई कारबाही गरी छाड्ने प्रतिबद्धता जनाएको छ। 

पक्राउ पर्नेमा काराबोबो प्रहरीका उपनिर्देशक समेत रहेको बताइएको छ । गत बुधबार भएको आगलागीमा परी ६८ जनाको मृत्यु भएको थियो।

मृत्यु भएकामध्ये ६६ जनाको तत्काल घटनास्थलमै मृत्यु भएको थियो भने अरु दुई जनाको आगलागी नियन्त्रण भएपछि मृत्यु भएको थियो। 


 

More form the Internet

loading...