Suvadin, Home

छापा चित्रप्रति युवाको आकर्षण बढ्दो

नेपालका २३ र भारतका दुई कलाकार कल्पना गरेका विभिन्न चित्रलाई साँचो ब्लक बनाएर त्यसबाट आवश्कयताअनुसार चित्र सिर्जना गर्ने व्यस्त छ। यस विधालाई इचिङ प्रविधिसमेत भनिन्छ। 
सांकेतिक तस्वीर

काठमाडौं, ६ मंसिर – पछिल्लो समय प्रिन्ट मेकिङ छापा चित्रप्रति युवापुस्ताको आकर्षण बढेको पाइएको छ। 

प्रिन्ट मेकिङ नेपालले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको दोस्रो छापा चित्र कार्यशालामा युवा वर्गको सक्रियतामा स्वदेशी संस्कृति, प्रकृति, सामाजका विविध पक्षलाई समेटिएको छ। कला सिर्जनाको यो विधिलाई प्राचीनशैलीका रूपमा लिइएको छ। 

यस प्रविधिबाट विकास गरिएका सिर्जना तथा चित्रको स्वदेश तथा विदेशमा माग बढ्दै गएका कारण नेपालमा यस क्षेत्रमा काम गर्ने कलाकारको सङ्ख्या पछिल्लो समय बढ्दै गइरहेको र नयाँ पुस्ताका कलाकार यसप्रति आकर्षित हुन थालेकाे बताए। नेपालका २३ र भारतका दुई कलाकार कल्पना गरेका विभिन्न चित्रलाई साँचो ब्लक बनाएर त्यसबाट आवश्कयताअनुसार चित्र सिर्जना गर्ने व्यस्त छ। यस विधालाई इचिङ प्रविधिसमेत भनिन्छ। 

यही मंसिर २ गतेदेखि ९ गतेसम्म जारी कार्यशालामा उमाशङ्कर साह, डा.सीमा शर्मा, अनिता खनाल, विपना महर्जन, सौरगङ्गा दर्शनधारी, सन्तोष सिग्देललगायत कलाकारले उक्त कार्यशालामा राम्रा र आकर्षक छापा चित्र निर्माण गरेका हुन्। आयोजक संस्थाका उपाध्यक्ष कलाकार सौरगङ्गा दर्शनधारीले यस अवधिमा कलाकारले विकास गरेका करीब १सय चित्रलाई प्रदर्शनीमा राखी बिक्रीसमेत गरिने जानकारी दिए। 

करीब चार दशक अगाडिसम्म यस विधालाई कलाकारले व्यावसायिक रूपमा अगाडि बढाउन सकेका थिएनन्। सन् १९८१ मा उर्मिला उपाध्याय ‘गर्ग’ले यस विषयमा विदेशबाट उच्च तहको अध्धयन गरेर आएपछि क्रमिकरूपमा यस प्रविधिको विकास भएको पाइन्छ। 

यस विधामा काम गर्नका लागि जिङ्क प्लेट र तेजाबको बारम्बार प्रयोग गरिरहनुपर्ने हुँदा केही कठिनाइ आउने गर्दछ। कलाप्रेमीको चासो र जिज्ञासा यस विधाप्रति बढ्दै जान थालेपछि उत्पादनका साथै जनशक्ति वृद्धि हुने क्रममा रहेको अर्का कलाकार विपना महर्जनले बताए। 

प्राचीनकालमा छापा चित्रअन्तर्गत विभिन्न ढुङ्गा तथा काठलगायत वस्तुमा खोपेर कला सिर्जना गर्ने गरिन्थ्यो। अहिले विकास भएका विभिन्न प्रविधिलाई समेत उपयोग गरी कलाको शैलीमा केही परिवर्तन गरेर आधुनिक बनाइएको छ। उक्त कार्यशाला हेर्न आउनुभएका वरिष्ठ कलाकार जीवन राजोपाध्यायले मानिसको भावना अभिव्यक्त गर्ने सशक्त माध्यम कला भएको बताउँदै यसलाई समयसापेक्ष प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए। 

महँगो यन्त्र, विभिन्न रसायनसँग कलाकारले हातेमालो गर्नुपर्ने र त्यसबाट आउनसक्ने सम्भावित जोखिमका कारण स्वदेशमा यो विधाले तीव्र गति लिन नसकेको भए पनि हाल युवापुस्ताका कलाकारको सक्रियतामा ढुङ्गा, काठमा कुँध्ने परम्परादेखि लिथोग्राफी हुँदै डिजिटल प्रिन्टसम्म आइपुगेको छ। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जापानले सहयोगस्वरुप उपलब्ध गराएको प्रिन्ट मेकिङ यन्त्र लामो समयसम्म प्रयोगविहीन अवस्थामा उक्त। प्रतिष्ठानको गठन भएपछि यन्त्रको प्रयोगमा प्रिन्ट मेकिङ आर्ट स्टुडियोसमेत स्थापना गरी समय समयमा कार्यशालासमेत हुँदै आएको छ। विसं २०७२ को भूकम्पपछि प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्न नसकेको र  एउटा यन्त्रलाई करीब रु १० लाख पर्दछ। एउटै आकृतिको चित्र धेरै प्लेटमा निकाल्न सकिने हुँदा ठूलो मात्रामा कलाको विकास गर्दा यो क्यानभास चित्रको तुलनामा सस्तो हुन जाने गरकाे बताए। 


 

More form the Internet

loading...