Suvadin, Home
Nepal life 3.22M

अनेरास्ववियुद्वारा आक्रमण गर्नेमाथि कारवाहीको माग

अनेरास्ववियुका महासचिव ऐन महरले आज विज्ञप्ति जारी गदै जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेका हुन्। शुक्रबार दिउँसो क्याम्पसमा रहेका बेला जोशीमाथि रड प्रहार गरिएको उनले जानकारी दिए। 

काठमाडौं, २८ पुस – अनेरास्ववियुले अमृत साइन्स क्याम्पसका आफ्ना नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ। 

अनेरास्ववियुका महासचिव ऐन महरले आज विज्ञप्ति जारी गदै जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेका हुन्। शुक्रबार दिउँसो क्याम्पसमा रहेका बेला जोशीमाथि रड प्रहार गरिएको उनले जानकारी दिए। 

टाउकोमा गम्भीर चोट लागेको उनको अहिले ठमेलस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ। काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले सिसीटिभी क्यामेराबाट फुटेज सङ्कलन गरी रड प्रहार गर्नेको खोजी कार्य भइरहेको जानकारी गराए। 

उनका अनुसार तीन चार जनाको समूहमा आई जोशीमाथि रड प्रहार गरिएको थियो। प्रवक्ता बोगटीले क्याम्पसकै खेमबहादुर सिंहसँगको विवादमा जोशीमाथि रड प्रहार गरिएको बताए। 


 

More form the Internet

loading...