Suvadin, Home

२०७५ माघ १० गते बिहीबार तदनुसार ई. सं. २०१९ जनवरी २४ तारिख, आजको चाडपर्व र उत्सव : काशी, वाराणसी, भारतमा बडा गणेश उत्सव, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), माघ कृष्णपक्षको चतुर्थी तिथि।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ।मित्र लाभ हुनेछ, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

भूमि तथा मातृधनबाट लाभ लिने समय छ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। मनमा अस्थिरता रहनेछ, कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । प्रिय लाभ हुनेछ, पराक्रम बढ्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मान–सम्मानमा आघात पर्ने देखिन्छ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। अध्ययनमा रुचि जाग्नेछ, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा उत्साह र उमङ्गको कमी हुनेछैन। लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ। मानसम्मान र प्रतिष्ठा बढ्ने छ। आयमा वृद्धि हुनेछ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आश्वासन दिनेहरूबाट धोका पाइनेछ। नजिकका साथीभाइ टाढिने सङ्केत छ। पापमतिको उदय हुनेछ। शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ। नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ। मित्र लाभ हुनेछ, कीर्ति वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। आयमा वृद्धि हुनेछ, कार्य लाभका साथै प्रेमिल दिन रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ। व्यवसायमा वृद्धि हुनेछ, काम बन्नुका साथै आय आर्जनका अवसर पनि बढ्ने देखिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कार्य अवरोधका साथै शत्रु भय रहने देखिन्छ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ। आर्थिक उन्नतिका योग देखिन्छन्, व्यवसायमा वृद्धिका साथै कार्यमा पनि उन्नति हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समय मनोरञ्जनपूर्ण छ। तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ।अध्ययनमा रुचि जाग्नेछ, काम बन्नुका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ।


 

More form the Internet

loading...