Suvadin, Home
Citizen Bank 422k

Cover Image

रोजगारीमा गएका ५ सय ४५ नेपाली विदेशी जेलमा

बोर्डका अनुसार कुवेत, साउदी अरबको जेद्दा र रियाद, यूएई, मलेसिया, ओमन, कतार र बहराइनका जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला छन्। सबैभन्दा धेरै मलेसियाको जेलमा २ सय ५ जना नेपाली छन्। यसमध्ये २ जना महिला छन भने २ सय ३ जना पुरुष छन्।
सांकेतिक तस्विर

काठमाडौं, १ चैत्र – वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली विभिन्न देशका जेलमा रहेका छन्। ८ वटा देशका जेलमा ५ सय ४५ जना नेपाली जेलमा रहेको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको हो। 

बोर्डका अनुसार कुवेत, साउदी अरबको जेद्दा र रियाद, यूएई, मलेसिया, ओमन, कतार र बहराइनका जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला छन्। सबैभन्दा धेरै मलेसियाको जेलमा २ सय ५ जना नेपाली छन्। यसमध्ये २ जना महिला छन भने २ सय ३ जना पुरुष छन्। 

विदेशमा कहाँ कहाँ कति नेपाली छन् जेलमा हेर्नुहोस् :


 


 

More form the Internet

loading...