Suvadin, Home

आमासँग भेट गरेर घर फर्किँदा मृत्यु

छेडागाड नगरपालिका–२ का २२ वर्षीय युवा कृष्णबहादुर नेपाली दोश्रो विवाहपछि भेरी नगरपालिकाको दरपाखामा रहेकी आफ्नी आमा इन्द्रा नेपालीसँग भेटघाट गरी घर फर्कने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 
जाजरकाेटकाे नक्सा।

जाजरकोट, वैशाख २९– छेडागाड नगरपालिका–२ मा भेटघाटका लागि आमाको घरमा गएका एक युवाको घर फर्कँदा  मृत्यु भएको छ। आमालाई भेटेर घर फर्कने क्रममा युवाको बाटोमै मृत्यु भएको हो। 

छेडागाड नगरपालिका–२ का २२ वर्षीय युवा कृष्णबहादुर नेपाली दोश्रो विवाहपछि भेरी नगरपालिकाको दरपाखामा रहेकी आफ्नी आमा इन्द्रा नेपालीसँग भेटघाट गरी घर फर्कने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

घर फर्कने क्रममा नेपालीको बीच बाटोमै कसरी मृत्यु भयो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 


 

More form the Internet

loading...