Suvadin, Home

गायिका जलजला परियारकाे उपचारका लागि अार्थिक सहयोग जुट्दै

साउदी अरबमा रहेको नेपाली गीत संगीतप्रति समर्पित नेपाली संगीत समर्पण संस्थाले जलजलाको उपचारका लागि ५० हजार २६० आर्थिक सहयोग गरेको छ। उक्त आर्थिक सहयोग रकम संस्थाका संयोजक तथा गायक रोम लामाले जलजलाका बुबालाई हस्तान्तरण गरेका छन्।

काठमाडाैं, फागुन १ – मृगौलासम्बन्धी रोगबाट पीडित गायिका जलजला परियारलाई अर्थिक सहयोग जुटरहेकाे छ। विभिन्न क्षेत्रका युवाले गायिका परियारकाे उपचारमा सहयाेग गरिरहेका छन्।

नेपाली ताराकाे तेश्राे सिजनकी टप ६ प्रतिस्पर्धी गायिका जलजलाका दुवै मृगौला खराब भएपछि काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत छिन्। परिवारको आर्थिक स्थिति कमजाेर रहेका कारण उपचारमा ढिलार्इ भइरहेका छ।

साउदी अरबमा रहेको नेपाली गीत संगीतप्रति समर्पित नेपाली संगीत समर्पण संस्थाले जलजलाको उपचारका लागि ५० हजार २६० आर्थिक सहयोग गरेको छ। उक्त आर्थिक सहयोग रकम संस्थाका संयोजक तथा गायक रोम लामाले जलजलाका बुबालाई हस्तान्तरण गरेका छन्।

नेपाली गीत संगीतको संरक्षण गर्ने उद्देश्यले स्थापित संस्थाले गीतसंगीतको संरक्षण मात्रै होइन सामाजिक कार्यहरुमा पनि धेरै आफ्नो कर्तव्य निभाउँदै आएको छ।

साेलुखम्बुबाट पनि सहयाेग

गायिका जलजला परियारलार्इ सोलुखुम्बुका युवाले ५३ हजार रुपैयाँ रकम प्रदान गरेका छन्। दलित समुदायबाट पहिलो सगरमाथा आरोहण गर्ने विजय घिमिरे विश्वकर्मा संस्था नेपाल र सोलुखुम्बु र लैरेसोवर दलित युवा समाज तिलाको संयुक्त पहलमा संकलित ५३ हजार २ सय ५० रुपैयाँ अस्पतालमै पुगेर प्रदान गरेका हुन्।

जलजला २४ दिनदेखि अस्पतालमा छिन्। उनको उपचारका लागि करिब २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएकाे छ। संस्थाका अध्यक्ष निरकुमार नेपालीले काठमाडौंको शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारको उपचारमा थप मद्दत पुगोस् भनेर उक्त रकम उपलब्ध गराएकाे जनाएका छन्।


 

More form the Internet

loading...