Suvadin, Home

Cover Image

जम्मू-काश्मीर मुद्दाबारे संयुक्त राष्ट्र सुरक्षा परिषद बैठकमा छलफल हुने, लण्डनमा विरोध र समर्थन

बीबीसी । भारतले जम्मू–काश्मीर मुद्दामा अनुच्छेद ३७० हटाएपछि उत्पन्न विवादबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ। शुक्रबार बिहान बस्ने सुरक्षा परिषद बैठकमा यसबारे छलफल हुनेछ ।

यो बैठकमा सदस्य राष्ट्रहरुले आफ्नो विचार राख्नेछन् । यसैबीच विवादित क्षेत्र कश्मीरको नियन्त्रण रेखामा भारत रपाकिस्तानका सैनिकबीच गोली हानाहान भएको छ। पाकिस्तानले नियन्त्रण रेखा नजिक भारतीय पक्षबाट भएको गोली प्रहारबाट तीन पाकिस्तानी सैनिकको ज्यान गएको बताएको छ ।

पाकिस्तानले पाँचजना भारतीय सैनिक समेत मारिएको दाबी गरेको छ । भारतले भने यो दाबी खारेज गरेको छ ।

धारा ३७० खारेज गरेको विरोध र समर्थनमा  बिहीबार बेलायतको लण्डनमा बृहत् प्रदर्शन भएको छ ।  विरोध प्रदर्शनको नजिकै भारतीय समुदायले त्यसको समर्थनमा पनि खुशियाली मनाएका थिए । उता १५ अगस्टको दिन पाकिस्तान सरकारले भने देशभरी कालो दिवसको रुपमा मनाएको छ । 

लण्डनमा भारतीय उच्चायोगको बाहिर विरोध प्रदर्शनमा दक्षिण एशियाका आप्रवासीहरु सहभागी थिए । प्रदर्शनकारीले भारतीय सरकारले धारा ३७० सम्बन्धमा लिएको निर्णय फिर्ता लिन आग्रह गरेका थिए । विरोध  प्रदर्शनको आयोजना बेलायतमा रहेको काश्मीर काउन्सिलले गरेको थियो । 

काश्मीर काउन्सिलमा संलग्न छात्रछात्राले मंगलबारदेखि नै प्रदर्शनको तयारी गरेका थिए । त्यसैगरी थुप्रै ब्यानर र पोस्टर डिजाइन गरेका थिए । काश्मीरमा नयाँ कदम चालेपछि भारतको लण्डनस्थित उच्चायोग बाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ । समर्थनको प्रदर्शनमा सामेल हुनेले भने प्रधानमन्त्री नरेन्द्र मोदीले चालेको कदमको सह्राहना गरेका थिए । 


 

More form the Internet

loading...