Suvadin, Home

धुमधाम साथ मनाइदै कोजाग्रत पूर्णिमा

मिथिला क्षेत्रमा पान, मखानको पर्वको रुपमा चिनिने कोजाग्रत पूर्णिमा आइतबार उल्लासपूर्वक मनाइँदैछ । यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले भगवानलाई पान, मखान, मिठाई लगायतका सामग्रीले पूजाआजा गर्ने गर्दछन् ।

जनकपुरधाम । मिथिला क्षेत्रमा पान, मखानको पर्वको रुपमा चिनिने कोजाग्रत पूर्णिमा आइतबार उल्लासपूर्वक मनाइँदैछ । यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले भगवानलाई पान, मखान, मिठाई लगायतका सामग्रीले पूजाआजा गर्ने गर्दछन् ।

कोजाग्रत पूर्णिमाको दिन जनकपुरको जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्ने गरिन्छ । महोत्तरीको रतौलीबाट उपहार स्वरुप आएको एक सय एक भार (कोसेली) को रुपमा विभिन्न सामाग्रीहरू जानकी मन्दिरमा आउने गर्छन् । यो वर्षौ पुरानो परम्परा हो ।

कोजाग्रत पूर्णिमाको अवसरमा साँझ भगवानलाई मन्दिरको गर्भगृहबाट बाहिर प्राङ्गणमा राखेर विशेष नाचगान र पूजा गर्ने परम्परा रहेको  छ । 


 

More form the Internet

loading...