Suvadin, Home

Cover Image

जनकपुर–जलेश्वर सडक  सम्पन्न गर्न अन्तरिम आदेश

एक वर्ष बितिसक्दा पनि  सडक निर्माण हुन नसक्नुको कारण देखाउन समेत आदेशमा भनिएको छ। निर्माणमा रहेको चार लेनको सडकखण्डमा तत्काल एक लेन ग्राभेल सम्पन गर्नसमेत आदेशमा भनिएको छ। 
फाइल फाेटाे।

काठमाडौं, साउन १८–सर्वोच्च अदालतले जनकपुर–जलेश्वर सडकखण्ड तोकिएको मितिमै निर्माण सम्पन्न गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । 

सर्वाेच्चका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले  तोकिएको समयमै गुणस्तरयुक्त सडक निर्माण गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

एक वर्ष बितिसक्दा पनि  सडक निर्माण हुन नसक्नुको कारण देखाउन समेत आदेशमा भनिएको छ। निर्माणमा रहेको चार लेनको सडकखण्डमा तत्काल एक लेन ग्राभेल सम्पन गर्नसमेत आदेशमा भनिएको छ। 

जनकपुर जलेश्वर सडकखण्ड तत्काल निर्माण सम्पन्न गर्न माग गर्दै अधिवक्ता दीपेन्द्र झाले यही साउन ८ गते रिट निवेदन दायर गरेका थिए।  


 

More form the Internet

loading...