Suvadin, Home

ममताकाे अगुवार्इमा गायिका जलजलालाई जापानमा जुट्याे सहयाेग

दुवै मृगौलामा समस्या आएपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई जापानबाट आर्थिक सहयोग जुटेको छ। जापानबाट ममता राना मगरले उपचार आर्थिक सहयोग गरेकी हुन्।
जलजला परियारका लागि रकम हस्तान्तरण गर्दै ममता।

तेजन खड्का, उर्लाबारी, फागुन २२ – दुवै मृगौलामा समस्या आएपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई जापानबाट आर्थिक सहयोग जुटेको छ।

जापानबाट ममता राना मगरले उपचार आर्थिक सहयोग गरेकी हुन्।

उर्लाबारी–७ निवासी मगरले आफू स्वदेश फर्कने क्रममा आफ्ना साथी र शुभेच्छुकहरुसँग संकलन गरेको ५० हजार १ सय रुपैयाँ जलजलाको आमालाई हस्पिटलमा पुगेर हस्तान्तरण गरेकी हुन्। ममताले जलजलाको स्वास्थ्य अवस्थाबारे परिवारसँग जानकारी लिएकी थिइन्।

जलजला सुमधुर आवाजकी धनी भएको टिप्पणी गर्दै ममताले उपचार गर्नका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताएकी छिन्।

उनले भनिन्, ‘सहयोग अभियानमा मलाई साथ दिनुहुने सम्पूर्ण जापानमा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु, तपाईहरु बिना यो पुण्य कर्म सम्भव थिएन।’

ममताले सम्पूर्ण नेपालीलाई जलजलाको उपचारमा सहयोग गर्न आग्रह गरेकी छिन्।


 

More form the Internet

loading...