Suvadin, Home

Cover Image

पशुपतिनाथ पुगेर फर्किए जयशंकर, राष्ट्रपति र देउवालाई भेटेर आजै फर्किने 

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर बिहानै पशुपतिनाथ पुगेर फर्किएका छन् । 

नेपाल भारत संयुक्त आयोगको बैठकका लागि नेपाल आएका विदेश मन्त्री जयशंकरले पशुपतिनाथ दर्शनपछि पशुपतिनाथ पारिजातको बिरुवा रोपेका छन् । विदेशमन्त्री जयशंकरसँगै भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि पशुपतिनाथ पुगेका थिए ।

बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका विदेशमन्त्री जयशंकरले बुधबार राति राजपाका अध्यक्ष मण्डलका सदस्यहरुसँग भेट गरेका थिए । 

यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ । त्यसपछि जयशंकर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास जानेछन् । 

उनी तीन बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ । 


 

More form the Internet

loading...