Suvadin, Home

पिकअप दुर्घटनामा चालकको मृत्यु

पुवाखोला छेउ बेँसीबाट बिब्ल्याँँटे आउँदै गरेको पिकअप दुर्घटनामा घाइते तामाङलाई इलाम अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
फाइल तस्वीर

इलाम, फागुन २० – इलाम नगरपालिका–४ खरखरेमा आइतबार अपराह्न पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका–५का २९ वर्षीय चालक टीका मुखियाको मृत्यु भएको छ।

पुवाखोला छेउ बेँसीबाट बिब्ल्याँँटे आउँदै गरेको पिकअप दुर्घटनामा घाइते तामाङलाई इलाम अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मे१ज १६७३ नम्बरको पिकअप मेची राजमार्ग छेउ कच्ची सडकमा दुर्घटनामा परेको थियो। पिकअपमा पाँच जना सवार भए पनि अन्यको अवस्था सामान्य रहेको बताइएको छ। 


 

More form the Internet

loading...