Suvadin, Home

Cover Image

चिनियाँ दूतावासको विज्ञप्तिप्रति महासंघले जनायो आपत्ति

नेपाल पत्रकार महासंघले द काठमाण्डु पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौं । नेपाल पत्रकार महासंघले द काठमाण्डु पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गरी दूतावासको विज्ञप्तिले पत्रकारलाई धम्की र लाञ्छना लगाउने कार्य गरेको भन्दै आपत्ति जनाएको हो ।

‘प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो। कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैंमा निन्दनीय छ’ महासंघले भनेको छ, ‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’


 

More form the Internet

loading...