Suvadin, Home
Citizen Bank 806.5k

Cover Image

निर्मला हत्या प्रकरणः न्यायका निम्ति काठमाडौंसहित देशभर प्रदर्शन, सहभागी बनौं, सक्दो शेयर गरौं

निर्मलाको हत्या दिन प्रतिदिन रहस्यमय बन्दै गएको र अपराधी पत्ता लगाएर पीडित पक्षलार्इ न्याय दिलाउन विभिन्न किसिमका प्रदर्शन पनि हुदै अाएको छ।महिलाहरूको महान चाड हरितालिका तिजको दिन पनि महिलाहरूले कालो सारी लगाएर निर्मलाको निम्ति न्यायको माग गरेका थिए। त्यस्तै भोली शनिबारको दिन निर्मलाको निम्ति न्याय भन्दै माइतीघर मण्डलामा १ बजे प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। जस्टिस फर निर्मला, रेज एेगेन्स्ट रेप भन्दै भदाै ३० गते न्यायका लागी प्रदर्शन गरिने भएको छ।

काठमाडाैं, २९ भदाै – कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग माग गर्दै अाएका छन्।

निर्मलाको हत्या दिन प्रतिदिन रहस्यमय बन्दै गएको र अपराधी पत्ता लगाएर पीडित पक्षलार्इ न्याय दिलाउन विभिन्न किसिमका प्रदर्शन पनि हुदै अाएको छ।

महिलाहरूको महान चाड हरितालिका तिजको दिन पनि महिलाहरूले कालो सारी लगाएर निर्मलाको निम्ति न्यायको माग गरेका थिए। त्यस्तै भोली शनिबारको दिन निर्मलाको निम्ति न्याय भन्दै माइतीघर मण्डला लगायत देशव्यापी रूपमा १ बजे प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। जस्टिस फर निर्मला, रेज एेगेन्स्ट रेप भन्दै भदाै ३० गते न्यायका लागी प्रदर्शन गरिने भएको छ।

 


 

More form the Internet

loading...