Suvadin, Home

एकल महिलाको काेही भएन सहारा
घरजग्गा नभएपछि दुर्इ वर्षयता गाेठमा बास

अहिले उनको साथमा १२ वर्षको छोरा छन्। विडम्बना, न नाममा कुनै जग्गा र घर छ। न त श्रीमान् नै। दोस्रो विवाह गरेपछि जग्गा कसले कहाँ कसरी उपयोग गरेको छ भन्ने थाहा नभएको बताइन्। अर्काकोमा ज्याला गरेर जीवन निर्वाह गरिरहेकी छिन्। पशुसरह जीवन जिउन बाध्य ज्वालाका बारेमा कुनै सरोकारवाला निकायको ध्यान जान सकेको छैन। उनको खान, बस्न र बाँच्न पाउने अधिकार हनन भएको साविकको कुडारी गाविसका सामाजिक परिचालिका सन्तोषी महतले बताइन्। 
बस्नका लागि प्रयाेग गरिएकाे गाेठ।

जुम्ला, चैत २८ – तिला गाउँपालिका–३ दानीवाडाकी ६५ वर्षीया एकल महिला ज्वाला तिरुवा ९ वर्षदेखि गोठमा बस्दै आएकी छन्। १३ वर्षअघि श्रीमान् गुमाएकी उनी घरबारविहीन अवस्थामा छिन्।

छोरा लंक गर्भे टुहुरो बनेको थियो। श्रीमान् बितेको तीन वर्षपछि उनले पेट पाल्नका लागि अर्को विवाह गरिन्। विवाह भएको दुई वर्षसम्म दोस्रो श्रीमान् सँग बसे पनि त्यहाँ सम्मानयुक्त जीवन जिउन नसकेपछि पुनः पहिलेकै घर दानीवाडा गाउँमा फर्केको बताइन्।

अहिले उनको साथमा १२ वर्षको छोरा छन्। विडम्बना, न नाममा कुनै जग्गा र घर छ। न त श्रीमान् नै। दोस्रो विवाह गरेपछि जग्गा कसले कहाँ कसरी उपयोग गरेको छ भन्ने थाहा नभएको बताइन्। अर्काकोमा ज्याला गरेर जीवन निर्वाह गरिरहेकी छिन्। 

पशुसरह जीवन जिउन बाध्य ज्वालाका बारेमा कुनै सरोकारवाला निकायको ध्यान जान सकेको छैन। उनको खान, बस्न र बाँच्न पाउने अधिकार हनन भएको साविकको कुडारी गाविसका सामाजिक परिचालिका सन्तोषी महतले बताइन्। 

परिचालिका महतले उनको सहयोगका लागि भर्खरै मात्र १० हजार २ सय ४० रुपैयाँ आर्थिक संकलन गरेको बताइन्। ‘उहाँको बस्ने घर निर्माण र सम्मानयुक्त नागरिक जीवन स्थापितका लागि आर्थिक संकलनमा लागिपरेकी छु,’ उनले भनिन्।

 परिचालिका महतले ज्वालाको जीवनका बारेमा सोचिदिन सबै सरोकारवालाहरुलाई आग्रह पनि गरेकी छिन्। 


 

More form the Internet

loading...