Suvadin, Home

हेटौंडा-नारायणघाट सडकको ज्यामिरेमा दुर्घटना
तीन जना भारतीय नागरिककाे घटनास्थलमै मृत्यु

मकवानपुर प्रहरीका अनुसार चितवनको नारायणघाटबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडाैं जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई ठक्कर दिँदा घटनास्थलमै तीन जनाकाे मृत्यु भएकाे हाे। मृत्यु हुने भारतीय नागरिकमध्ये भारतको सीतामणि बस्ने ३९ वर्षीय नितेशकुमार सिंह र सोही स्थानका ४५ वर्षीय सञ्जयकुमार शर्मा र अर्का मृतक पुरुष रहेको र उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिएका हुन्।
पूर्व-पश्चिम सडकमार्ग अन्तर्गत माेरङकाे पथरीमा दुर्घटनाग्रस्त सवारीसाधन।

हेटौंडा, चैत २७ – हेटौंडा-नारायणघाट सडकखण्डको ज्यामिरेमा भएकाे सडक दुर्घटनामा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनको नारायणघाटबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडाैं जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई ठक्कर दिँदा घटनास्थलमै तीन जनाकाे मृत्यु भएकाे हाे।

मृत्यु हुने भारतीय नागरिकमध्ये भारतको सीतामणि बस्ने ३९ वर्षीय नितेशकुमार सिंह र सोही स्थानका ४५ वर्षीय सञ्जयकुमार शर्मा र अर्का मृतक पुरुष रहेको र उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिएका हुन्।

सोही कारमा रहेको भारत सीतामणि बस्ने रामकुमार शर्माको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ।


 

More form the Internet

loading...