Suvadin, Home

राष्ट्रपतिको मृत्यु हुने भविष्यवाणी गर्ने ज्योतिषी पक्राउ

श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषीलाई श्रीलङ्काली प्रहरीले बुधबार पक्राउ गरेको छ। हाल पक्राउ परेका विजिता ज्योतिषी रोहणा विजयेमुनि श्रीलङ्काली नौसेनाका पूर्व सैनिक हुन्।

श्रीलङ्का, माघ  १९ - श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषीलाई श्रीलङ्काली प्रहरीले बुधबार पक्राउ गरेको छ। हाल पक्राउ परेका विजिता ज्योतिषी रोहणा विजयेमुनि श्रीलङ्काली नौसेनाका पूर्व सैनिक हुन्।

सन् १९८९ मा तत्कालिन भारतीय प्रधानमन्त्री राजीव गान्धि श्रीलङ्काको औपचारिक भ्रमणमा रहँदा उनलाई आक्रमण र हत्या गर्ने प्रयास गरेको आरोपमा उनले जागीर गुमाउनुका साथै सजाय समेत भोग्नुपरेको थियो। तथाकथित ज्योतिषी विजयेमुनिले राष्ट्रपति सिरिसेनालाई अकस्मात् कडा ज्वरोले पक्डने वा अकल्पनीय दुर्घटनामा पर्ने र २७ जनवरी अगावै उनको मृत्यु हुने भनी  हल्ला फैलाई ज्योतिष विद्याद्धारा समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरेकोले पक्राग पछि नियन्त्रणमा लिएको श्रीलङ्काली प्रहरीले जनाएको छ। 

राष्ट्रपति सिरिसेनाको मृत्यु हुन्छ भन्ने भविष्यवाणी सहित विजयेमुनिले गत डिसेम्बरमा आफ्नो फेसबूक पेजमा थरी थरीका थुप्रै भिडियो क्लिप अपलोड गरेकाले आम जनमानसमा  भ्रम फैलन गएको थियो। 

यही क्रममा, विजयेमुनिले भित्रभित्रै कतै सैनिक बिद्रोह गराउने वा राष्ट्रपतिलाई अप्रत्याशित आक्रमण गर्ने षडयन्त्रको तानाबाना  बुनि रहेको छैन भन्ने आशङ्कामा सञ्चार मन्त्रालयका सचिव निमाल बोपेजले श्रीलङ्काका प्रहरी प्रमुखलाई गोप्यरुपमा अनुसन्धान गर्न र विजयेमुनिको भविष्यवाणीले उत्पन्न गराउन सक्ने सम्भाव्य परिणाम उपर निगरानी राख्ने आदेश दिएका थिए।

अधिकांश श्रीलङ्काली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, ब्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा ज्योतिषीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा  ब्याप्त छ। एपी 


 

More form the Internet

loading...