Suvadin, Home

सद्गुरु कबीर अनाथ बाल आश्रमप्रति सरकारी बेवास्ता

जनकपुरमा अनाथ बालबालिका आश्रमको अवस्था निकै दयनीय बन्दै गएको छ। निजी क्षेत्रबाट सञ्चालित आश्रमलाई सरकारीस्तरबाटै सहयोग प्राप्त नभएपछि यसको अवस्था दयनीय बन्दै गएको हो। जनकपुरको ज्ञानकुप नजिक कविर नगरमा सञ्चालनमा रहेको सद्गुरु कबीर अनाथ बाल वात्सल्य आश्रम स्थानीयले दिएको दानबाट सञ्चालन हुँदै आएको छ। धनुषा, महोत्तरीसहित तराईका विभिन्न जिल्लाबाट नवजात शिशुलाई ल्याई संरक्षण दिँदै आएको यो आश्रमको सञ्चालन सन्त आलोकले गरेका हुन्।
रक्षा नेपालकाे अाश्रममा रहेका बालबालिका। मेनुका थापाकाे एक्लाे प्रयासमा रक्षा नेपालमा कयाैं बालबालिका संरक्षण गरिएकाे छ।

जनकपुर, चैत २८ – जनकपुरमा अनाथ बालबालिका आश्रमको अवस्था निकै दयनीय बन्दै गएको छ। निजी क्षेत्रबाट सञ्चालित आश्रमलाई सरकारीस्तरबाटै सहयोग प्राप्त नभएपछि यसको अवस्था दयनीय बन्दै गएको हो।

जनकपुरको ज्ञानकुप नजिक कविर नगरमा सञ्चालनमा रहेको सद्गुरु कबीर अनाथ बाल वात्सल्य आश्रम स्थानीयले दिएको दानबाट सञ्चालन हुँदै आएको छ। धनुषा, महोत्तरीसहित तराईका विभिन्न जिल्लाबाट नवजात शिशुलाई ल्याई संरक्षण दिँदै आएको यो आश्रमको सञ्चालन सन्त आलोकले गरेका हुन्।

आश्रम निर्माणसँगै अनाथ शिशुहरुको संख्या बढेपनि सरकारले सहयोग नगर्दा आश्रम सञ्चालनमा समस्या हुन गएको आश्रमका सञ्चालक आलोकले बताएका छन्। आश्रमलाई स्थानीयस्तरमा सञ्चालनमा रहेका विभिन्न संघसंस्थाहरुले दान दिने गरेका छन्। यिनै दानबाट आश्रम सञ्चालन हँुदै आएको छ।

अहिले सद्गुरु कबीर अनाथ बाल वात्सल्य आश्रम ४ वटा कोठामा सञ्चालन हुँदै आएको छ। यसमा सरकारी सहयोग शुन्य नै रहेको छ। आश्रममा सरकारी सहयोग नभएको कारणले गर्दा आश्रम सञ्चालनमा समस्या आउने गरेको छ।

आश्रम सञ्चालनका लागि राज्यको पनि दायित्व हुनुपर्ने स्थानीय सञ्चारकर्मी अजयकुमार झाले बताएका छन्। आश्रमको दैनिक अवस्था देखेर स्थानीयस्तरमा सञ्चालित इमेल इडिटिङ सेन्टरले प्रत्येक महिना ५० हजार रुपैयाँ दिने गरेको छ।

बालबालिकालाई अध्ययन र रहनसहनको लागि सो बराबरको रकम दिने गरिएको हो। तर, अनाथालयको अवस्था दयनीय बन्दै गएपछि सेन्टरले सो रकम दिन पनि नसक्ने जानकारी गराएको छ।

राज्यले कडा कारबाही गर्न नसक्दा नवजात शिशुहरु फाल्ने क्रम तराईमा बढ्दै गएको छ। ती अनाथ शिशुहरुलाई संरक्षण गर्ने उद्देश्यका साथ खोलिएका संरक्षण गृहहरुलाई सहयोग गर्नु राज्यको दायित्व हो। अनाथ बालबालिकाहरुको भविष्य बनाउने दायित्वबाट राज्य पञ्छिन मिल्दैन।


 

More form the Internet

loading...