Suvadin, Home

कैलाली घटनाका अभियुक्त सार्वजनिक

कैलाली, घोडाघोडी नगरपालिका–५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको अभियोगमा पक्राउ परेका सोही ठाउँका २३ वर्षीय भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई सघाउने किस्मती चौधरी र स्मारिका चौधरीलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

कैलाली, चैत १ – जिल्ला प्रहरी कार्यालय कैलालीले बोक्सी आरोप लगाई कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई बिहीबार सार्वजनिक गरेको छ।

कैलाली, घोडाघोडी नगरपालिका–५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको अभियोगमा पक्राउ परेका सोही ठाउँका २३ वर्षीय भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई सघाउने किस्मती चौधरी र स्मारिका चौधरीलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

घटनामा मतियारका रुपमा संलग्न सोही ठाउँका वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरीसमेतलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन्।

अभियुक्तलाई बोक्सी आरोप कसुर तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरी उपरीक्षक घिमिरेले फागुन २८ गते राति नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई गोली तथा धारिलो हतियार प्रहारका घटनामा संलग्न चार जनालाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घटनामा संलग्न नगरपालिकाका ४० वर्षीय कमल क्षत्री, ३६ वर्षीय भरतबहादुर शाह तथा ३० वर्षीय पूर्णप्रसाद खनाल र हृदयराज बोगटी छन्। नेकपासँग आबद्ध भनिएका उनीहरुलाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो।

घटनास्थलमा संलग्न भई फरार थप नौ जनाको खोजी भइरहेको छ। घटनास्थलमा प्रहरीले गोलीको खोका र से२प ३६७१ नंको नक्कली मोटरसाइकल बरामद गरिएको थियो।

नगर प्रमुख चौधरीलाई विभिन्न आरोप लगाई नेकपाले पटक पटक चन्दाका साथै विभिन्न माग राखी धाकधम्की दिने, प्रेस विज्ञप्ति प्रकाशन गर्नेलगायत कार्य हुँदै आएको अवस्थामा उनीमाथि आक्रमण भएको जनाइएको छ।

घाइते नगरप्रमुख चौधरीको हाल काठमाडौंमा उपचार भइरहेको छ।


 

More form the Internet

loading...